smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

नेदरल्यान्ड्सविरुद्ध आज नेपाल, जित अपरिहार्य

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in खेलकुद
नेदरल्यान्ड्सविरुद्ध आज नेपाल, जित अपरिहार्य

सुनसरी — आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा सहभागी नेपाली महिला क्रिकेट टोली आज आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्ससँग भिड्दैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएपछि समूह चरणबाट अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राख्न आजको खेलमा जित निकाल्नैपर्ने अवस्थामा छ। प्रतियोगितामा नेदरल्यान्ड्सले भने जिम्बाबे र स्कटल्यान्डलाई पराजित गर्दै लगातार दुई जितसहित बलियो सुरुवात गरिसकेको छ।

महिला टी–२० अन्तर्राष्ट्रिय वरियतामा नेदरल्यान्ड्स १४औँ स्थानमा रहँदा नेपाल २१औँ स्थानमा छ। दुवै टोलीबीच हालसम्म भएका तीनवटै टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित भएको तथ्यांकले पनि आजको खेल नेपालका लागि चुनौतीपूर्ण देखिन्छ।

समूह चरणबाट अघिल्लो चरणमा प्रवेश गर्न नेपालले बाँकी तीन खेलमध्ये कम्तीमा दुई खेल जित्नैपर्ने दबाबमा छ। नेदरल्यान्ड्सले आज जित हासिल गरेमा अघिल्लो चरणमा पुग्ने सम्भावना झनै बलियो बनाउनेछ।

नेपाली टोलीमा इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, रचना चौधरी र राजमती ऐरी समावेश छन्।

घरेलु मैदानको फाइदा उठाउँदै नेपालले आज इतिहास बदल्ने प्रयास गर्ने अपेक्षा गरिएको छ।

 

Tags: जितनेदरल्यान्ड्सनेपाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana