smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

धरानका मेयर साम्पाङको नयाँ दल ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता

by स्मार्ट सिटि दैनिक
६ महिना अगाडि
in राजनीति
धरानका मेयर साम्पाङको नयाँ दल ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको नयाँ राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भएको छ।

निर्वाचन आयोगले आइतबार साम्पाङको दल दर्ता गरी आधिकारिक दर्ता प्रमाणपत्र प्रदान गरेको हो। सो अवसरमा साम्पाङ स्वयं आयोग पुगेर प्रमाणपत्र ग्रहण गरेका थिए। पार्टीको चुनाव चिन्ह ‘माटो’ तोकिएको छ, जसले श्रम र भूमिसँगको सम्बन्धलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ।

दर्ता प्रक्रियाअनुसार पार्टीमा २८ केन्द्रीय सदस्य र ५ जना पदाधिकारी तोकिएका छन्। साम्पाङ स्वयं अध्यक्ष रहँदा, देवराज लामा उपाध्यक्ष, आर्यन राई महासचिव, समिता राई कोषाध्यक्ष, र अरुण गुरुङ प्रवक्ताका रूपमा चयन भएका छन्।

साम्पाङले यसअघि असोज १२ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए। दर्ता प्रक्रियासँगै अब ‘श्रम संस्कृति पार्टी’ले आगामी निर्वाचनका लागि औपचारिक रूपमा राजनीतिक गतिविधि विस्तार गर्न सक्नेछ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana