smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

निर्वाचन शान्तिपूर्ण हुने आयोगको दाबी: “अब सुरक्षामा टाउको दुखाउनुपर्दैन”शान्तिपूर्ण हुने आयोगको दाबी: “अब सुरक्षामा टाउको दुखाउनुपर्दैन”

by स्मार्ट सिटि दैनिक
२ महिना अगाडि
in राजनीति
निर्वाचन शान्तिपूर्ण हुने आयोगको दाबी: “अब सुरक्षामा टाउको दुखाउनुपर्दैन”शान्तिपूर्ण हुने आयोगको दाबी: “अब सुरक्षामा टाउको दुखाउनुपर्दैन”

सुनसरी-    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण वातावरणमै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। प्रारम्भिक चरणमा सुरक्षालाई लिएर देखिएको अन्योल अहिले हटिसकेको उनको भनाइ छ।

निर्वाचन घोषणा भएलगत्तै सुरक्षा चुनौतीबारे गम्भीर छलफल सुरु गरिएको उल्लेख गर्दै उनले भने, “यो शताब्दीकै सबैभन्दा पेचिलो सुरक्षा सन्दर्भ हुनसक्छ भन्ने आकलनसहित हामीले तयारी थालेका थियौँ।”

भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि भदौ २७ मा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। सोही सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेका हुन्।

विद्रोहपछिको राजनीतिक संक्रमण र शक्ति सन्तुलनको प्रश्नले सुरक्षाप्रति चासो बढ्नु स्वाभाविक भएको भण्डारीको धारणा छ। “संविधान जीवित छ, तर पुराना र नयाँ शक्तिबीच सन्तुलन कायम भएन भने शान्तिपूर्ण निर्वाचन सम्भव हुँदैन,” उनले भने।

निर्वाचन प्रक्रियामा सहभागी हुने दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षालाई केन्द्रमा राखेर सरकार तथा सुरक्षा निकायसँग निरन्तर छलफल भइरहेको आयोगले जनाएको छ। ती छलफलको निष्कर्षअनुसार अहिले सुरक्षा निकाय मतदाताको सुरक्षाका लागि सक्षम रहेको मूल्याङ्कन गरिएको भण्डारीले बताए।

उनले थपे, “अब शान्ति सुरक्षाका विषयमा धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन। निर्वाचन ढुक्कसँग र शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ। बिथोल्न खोज्ने तत्व सुरुमै परास्त भइसकेका छन्।”

 

Tags: दाबीनिर्वाचनशान्तिपूर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana