सुनसरी— राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता चुनावी अभियानलाई तीव्र बनाउँदै मोरङ आइपुगेका छन्। आज बिहान विराटनगरमा आयोजित भेटघाट कार्यक्रममा उनी समर्थकको घेरामै देखिए।
कार्यक्रमका क्रममा उनले स्थानीय समर्थकसँग खुलेर छलफल गरे भने चुनावी रणनीति र पार्टीको भावी दिशाबारे आफ्ना धारणा राखे। भेटघाट स्थलमा देखिएको उत्साहले चुनावी माहोल थप तातेको संकेत दिएको थियो।
झापा–५ बाट उम्मेदवारसमेत रहेका शाह यतिबेला आफ्ना उम्मेदवारको पक्षमा माहोल सिर्जना गर्न देश दौडाहामा छन्। पूर्वदेखि पश्चिमसम्म पुग्दै उनी पार्टी सन्देश र चुनावी एजेन्डा लिएर मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन्।
विराटनगरको यो भेटलाई रास्वपाले आगामी चुनावका लागि महत्वपूर्ण कडीका रूपमा लिएको छ।
