smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

झापा–३: सीमावर्ती क्षेत्रमा चुनावी चहलपहल ढिलो, मतदातामा अन्योल

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in राजनीति
झापा–३: सीमावर्ती क्षेत्रमा चुनावी चहलपहल ढिलो, मतदातामा अन्योल

सुनसरी- झापाको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा अधिकांश शहर र गाउँमा चुनावी चहलपहल बढ्दै गए पनि कचनकबल गाउँपालिकाका सीमावर्ती बस्तीमा मतदाता र उम्मेदवारबीच दूरी देखिन थालेको छ।

फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भइसकेको छ। देशभर सामाजिक सञ्जाल, चिया पसल र चौतारीहरूमा ‘यसपालि कसलाई भोट दिने’ भन्ने बहस सुरु भइसकेको छ। तर भारतसँग सिधा जोडिएको कचनकबल–५ लगायत केही दुर्गम बस्तीमा स्थानीय मतदाताले उम्मेदवारको नामसमेत थाहा पाएका छैनन्।

स्थानीय पूर्णकुमार गणेश भन्छन्, “चुनाव हुँदैछ भन्ने त थाहा छ, तर यहाँबाट को उम्मेदवार छन् भन्ने थाहा छैन। पहिलेपहिले चुनाव लडेका नेताहरूको नाम त थाहा छ, तर नयाँ को आउँदैछ भन्ने जानकारी छैन।” इद्रिस मियाँ, जमालुद्दिन मियाँ र सोर्जु हजामले पनि यही गुनासो दोहोर्याएका छन्।

उनीहरूको अनुसार, राष्ट्रिय स्तरका राजनीतिक घटनाक्रम त थाहा भए पनि आफ्नै निर्वाचन क्षेत्रका उम्मेदवारसम्म पहुँच छैन। “उम्मेदवार आफैं नआउँदा कसरी चिन्ने?” इद्रिस मियाँको प्रश्न छ।

स्थानीय मतदाताले भने चुनावी भाषणभन्दा आफ्नो दैनिक जीवनसँग जोडिएका यथार्थ समस्याको समाधान अपेक्षा गरेका छन्। स्वास्थ्य, शिक्षा, सडक, पानी, सिँचाइ र रोजगारीजस्ता आधारभूत सेवामा सुधारको माग वर्षौंदेखि छ, तर सीमावर्ती क्षेत्रका मतदातासँग प्रत्यक्ष संवाद कम देखिएको छ।

निर्वाचन आयोगले औपचारिक प्रचार फागुन ४ देखि १८ गतेसम्म मात्र अनुमति दिएको छ। अहिले उम्मेदवारहरूलाई भेटघाटको अनुमति भए पनि आचारसंहिताले स्पष्ट सीमा तोकेको छ।

झापा–३ मा यसपटक १७ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। प्रमुख दलका उम्मेदवारमा कांग्रेसका राजेन्द्रकुमार घिमिरे, एमालेका हरिबहादुर राजवंशी, नेकपा (नेकपा) का डिल्लीराम घिमिरे, माओवादीका सन्तोष कटुवाल, जनता समाजवादीका कर्णलाल राजवंशी र विनिताकुमारी राजवंशी रहेका छन्। त्यसैगरी, स्वतन्त्र उम्मेदवारमा अभय राजवंशी र मानप्रकाश सङ्ग्रौला छन्।

तर सीमावर्ती क्षेत्रसम्म उम्मेदवारको प्रभावकारी पहुँच पुगेको छैन। सरकारले मतदाता शिक्षा कार्यक्रम अझै सुरु नगरेकोले निर्वाचन प्रक्रियामा सहभागिता र निष्पक्षतामा प्रश्न उठ्न थालेको छ।

निर्वाचन नजिकिँदै गर्दा सीमावर्ती बस्तीमा उम्मेदवार र राजनीतिक दलको उपस्थिति कस्तो रहनेछ भन्ने विषयले मतदाताको धारणा र मतदान व्यवहारमा सिधा असर पार्नेछ।

 

Tags: अन्योलचुनावीझापासीमावर्ती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana