smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट संयुक्त इजलासमा सुनुवाइ हुँदै

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in राजनीति
रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट संयुक्त इजलासमा सुनुवाइ हुँदै

सुनसरी। नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ। न्यायाधीश सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा उक्त रिटको पेसी तोकिएको हो।

यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै निर्वाचन आयोगसँग लिखित जवाफ पेश गर्न आदेश दिएको थियो। साथै अन्तरिम आदेश जारी गर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको थियो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट चौधरीले मनोनयन दर्ता गरेका थिए। तर निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेपछि चौधरीले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

अब संयुक्त इजलासमा हुने सुनुवाइले चौधरीको उम्मेदवारी विवादमा निर्णायक दिशा दिने अपेक्षा गरिएको छ।

 

Tags: उम्मेदवारिटरेशमसुनुवाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana