smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

मोरङमा प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तीव्र बन्दै

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in राजनीति
मोरङमा प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तीव्र बन्दै

सुनसरी-  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङका छवटै निर्वाचन क्षेत्रबाट ११८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने दिन तोकिएको छ।

मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएसँगै राजनीतिक दलहरू प्रचार–प्रसार र मतदाता भेटघाटमा सक्रिय भएका छन्। निर्वाचन आयोगले प्रचार अवधि फागुन ४ गतेदेखि १८ गतेसम्म निर्धारण गरेको छ।

निर्वाचन नजिकिँदै जाँदा जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हाल उपलब्ध एक हजार ४०० प्रहरी जनशक्तिबाटै प्रारम्भिक सुरक्षा व्यवस्थापन गरिनेछ। यद्यपि उम्मेदवारहरूको घरदैलो कार्यक्रमका क्रममा देखिन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै आवश्यकताअनुसार प्रहरी परिचालन गरिने जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक हरीनन्दन चौधरीका अनुसार आकस्मिक अवस्थामा सहयोग पुर्‍याउन प्रहरीका एक सय युनिट तयारी अवस्थामा राखिएको छ। निर्वाचन प्रचार तीव्र भएपछि तथा मतदान नजिकिँदै जाँदा थप सुरक्षाकर्मी परिचालन हुने उनले बताए। साथै, निर्वाचन प्रहरी भर्ना प्रक्रिया पनि अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।

मोरङमा दलहरूबीच आपसी सद्भाव कायम रहेकाले प्रचार–प्रसार र फिल्ड गतिविधिमा ठूलो समस्या नआउने विश्वास प्रहरी प्रशासनको छ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार मोरङ क्षेत्र नम्बर १ मा १८, क्षेत्र नम्बर २ मा १७, क्षेत्र नम्बर ३ मा २१, क्षेत्र नम्बर ४ मा २०, क्षेत्र नम्बर ५ मा २२ र क्षेत्र नम्बर ६ मा २० जनाको उम्मेदवारी दर्ता भएको छ।

 

Tags: तीव्रनिर्वाचनमोरङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana