smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

मोरङ–५ मा उम्मेदवारीको घुइँचो, २२ जनाको मनोनयन दर्ता

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in राजनीति
मोरङ–५ मा उम्मेदवारीको घुइँचो, २२ जनाको मनोनयन दर्ता

सुनसरी— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता उत्साहजनक देखिएको छ। आइतबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्म गरी कुल २२ जनाले मनोनयन दर्ता गराएका छन्।

यस क्षेत्रबाट अघिल्लो पटक स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित योगेन्द्र मण्डलले यसपटक नयाँ राजनीतिक दल गठन गरी चुनावी मैदानमा उत्रिएका छन्। उनले ‘राष्ट्रिय ऊर्जाशील पार्टी’को नेतृत्व गर्दै दिउँसो ३ बजे उम्मेदवारी दर्ता गराएका हुन्।

सत्तारुढ र प्रतिपक्षी प्रमुख दलहरूले पनि प्रभावशाली उम्मेदवार अघि सारेका छन्। नेपाली कांग्रेसबाट फुलकुमार लालवानी, नेकपा (एमाले)बाट मनोज अग्रवाल र नेपाली कम्युनिस्ट पार्टीबाट शिवकुमार मण्डलले उम्मेदवारी दिएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालबाट राजकुमार यादव पनि प्रतिस्पर्धामा छन्।

नयाँ शक्ति र वैकल्पिक राजनीतिलाई जोड दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आशा झालाई महिला उम्मेदवारका रूपमा अघि सारेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कुमोद रायले उम्मेदवारी दर्ता गराएका छन् भने जनमत पार्टीबाट परमेश्वर मुर्मु र राष्ट्रिय मुक्ति पार्टी नेपालबाट नेरश कुमार लाभ उम्मेदवार बनेका छन्।

दलीय उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारहरूको उल्लेखनीय उपस्थिति पनि देखिएको छ। स्वतन्त्रतर्फ अमर कुमार यादव, मो. रेजा हुसैन, विकास श्रेष्ठ, ममता यादव, सुजित कुमार साह, राजकुमार राजवंशी लगायतले उम्मेदवारी दर्ता गराएका छन्।

२२ जनाको उम्मेदवारी दर्तासँगै मोरङ–५ मा बहुकोणीय र रोचक चुनावी प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार उम्मेदवारको नामावली प्रकाशन तथा दाबी–विरोधको प्रक्रिया तोकिएको कार्यतालिकाअनुसार अगाडि बढाइनेछ।

 

Tags: उम्मेदवारीघुइँचोमोरङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana