smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

झापा–५ मा ‘हेभीवेट’ भिडन्तको संकेत, बालेन साहले दर्ता गरे उम्मेदवारी

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in राजनीति
झापा–५ मा ‘हेभीवेट’ भिडन्तको संकेत, बालेन साहले दर्ता गरे उम्मेदवारी

सुनसरी- महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेपछि त्यहाँको चुनावी माहोल तातेको छ।

मंगलबार सयौँ समर्थकसहित झापा पुगेका बालेनले निर्वाचन कार्यालयमा पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन्। उनको प्रस्तावकमा भेषराज भट्टराई र समर्थकमा भूमिनन्द बराल रहेका छन्।

झापा–५ लाई यसपटक ‘हाई प्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिन थालेको छ। यसै क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रञ्जित तामाङले पनि उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्।

बालेनको आगमनसँगै झापा–५ मा नयाँ राजनीतिक ध्रुवीकरण देखिन थालेको छ। स्थापित दल र नयाँ राजनीतिक शक्तिबीचको यो प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ। रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै आएको छ भने एमालेले अनुभवी नेता ओलीलाई नै आफ्नो प्रमुख अनुहार बनाएको छ।

स्थानीय मुद्दा, राष्ट्रिय राजनीति र नेतृत्वको वैकल्पिक धारलाई लिएर हुने यो चुनावी भिडन्तले झापा–५ को परिणाम मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्ने अनुमान गरिएको छ।

Tags: उम्मेदवारीझापा–५भिडन्तहेभीवेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana