smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

धरानमा साँझपख जघन्य हत्या, मामाका छोराबाट खुकुरी प्रहार

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in समाचार
धरानमा साँझपख जघन्य हत्या, मामाका छोराबाट खुकुरी प्रहार

सुनसरी-  धरान उपमहानगरपालिका–११ को पूण्य मार्गस्थित क्षेत्र मंगलबार साँझ एकाएक शोकमा डुबेको छ। आफ्नै मामाका छोराबाट खुकुरी प्रहार हुँदा ३५ वर्षीय रुपक राईको घटनास्थलमै ज्यान गएको छ।

साँझ करिब ६ः३० बजेतिर भएको घटनामा ३३ वर्षीय रविन राईले रुपकमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईका अनुसार खुकुरी प्रहारका कारण रुपकको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो, जसका कारण उनको घटनास्थलमै मृत्यु भयो।

घटनापछि आरोपी रविन राईलाई प्रहरीले तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। मृतक रुपक राईको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राखिएको छ।

प्रहरीका अनुसार हालसम्म रुपक र रविनबीच कुन विषयलाई लिएर विवाद चर्किएको थियो भन्ने कुरा यकिन भइसकेको छैन। घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरी बयान संकलन, प्रमाण जुटाउने र पारिवारिक पृष्ठभूमिसहितको सूक्ष्म अनुसन्धानमा जुटेको जनाएको छ।

 

Tags: खुकुरीधरानहत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana