smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको ८० हजार जनशक्ति परिचालन

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in समाचार
प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको ८० हजार जनशक्ति परिचालन

सुनसरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। निर्वाचनलाई सुरक्षित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले एकीकृत सुरक्षा योजना २०८२ कार्यान्वयनमा ल्याइने भएको हो।

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार निर्वाचनसम्बन्धी एकीकृत सुरक्षा योजना सरकारबाट अनुमोदन भइसकेको छ भने सेनाको परिचालन सम्बन्धी प्रस्ताव राष्ट्रिय सुरक्षा परिषद् हुँदै राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेको छ। सोही योजनाअनुसार निर्वाचनको करिब एक महिना अघिदेखि सेनाको फौज फिल्डमा परिचालन गरिनेछ।

उनका अनुसार निर्वाचन सुरक्षाका लागि सेनाले तीन चरणमा काम गर्नेछ। निर्वाचनपूर्वको चरणमा मतपत्र छपाइको सुरक्षा, संवेदनशील तथा महत्त्वपूर्ण संरचनाको संरक्षण सेनाको मुख्य जिम्मेवारी रहनेछ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय तथा सहकार्यमा विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा व्यवस्था पनि नेपाली सेनाले गर्ने जनाएको छ। निर्वाचन अवधिभर सुरक्षा संयन्त्रबीच समन्वयलाई अझ प्रभावकारी बनाइने सेनाको भनाइ छ।

 

Tags: निर्वाचनपरिचालनसुरक्षासेना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana