smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

कोशी टप्पुमा पानी चरा गणना ढिलो, तर उत्साह उस्तै

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in समाचार
कोशी टप्पुमा पानी चरा गणना ढिलो, तर उत्साह उस्तै

सुनसरी — प्रत्येक वर्ष जनवरीको पहिलो शनिबारदेखि देशभर सुरु हुने पानी चरा गणना यसपटक कोशी टप्पु वन्यजन्तु आरक्षमा केही ढिलो हुने भएको छ। समय व्यवस्थापनको चुनौतीका कारण यहाँको गणना १० जनवरीदेखि मात्र सुरु गरिने भएको हो।

कोशी क्षेत्रका चरा गाइड तथा संयोजक चक्र तिम्सिनाका अनुसार कोशी टप्पुको भौगोलिक विस्तार र सर्वेक्षण क्षेत्र ठूलो भएकाले निर्धारित मितिमा गणना थाल्न कठिन भएको हो। “१८ जनवरीसम्म गणना सक्नुपर्ने भएकाले अझै पर्याप्त समय छ। तयारीका कारण तीन तारिखदेखि सुरु गर्न सकिएन,” उनले बताए।

यसपटक चतरा पुलदेखि राजाबाससम्मको कोशी नदी क्षेत्र तीन जना गणकले सर्वेक्षण गर्नेछन्। गणनामा कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) र कोशी पन्छी समाजको संयुक्त सहभागिता रहनेछ।

गणनाको तयारीसँगै कोशी आसपासका सिमसार क्षेत्रहरूमा नयाँ पाहुनाको आगमनले चरा विज्ञहरूलाई उत्साहित बनाएको छ। चरा विज्ञ अनिस तिम्सिनाका अनुसार इटहरीको तरहरा कृषि फार्म र सुनसरीको बर्जु ताल क्षेत्रमा दुर्लभ तथा आकर्षक ‘मेनडरिन डक’ देखिएको छ, जुन यस क्षेत्रका लागि नयाँ अभिलेख मानिन्छ।

जाडो याम सुरु भएसँगै नेपालका सिमसारमा बसाइँ सरेर आउने चरामध्ये अधिकांश हाँस प्रजातिका हुन्छन्। यस्तै सिकारी तथा माँसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी र भद्राइ जस्ता प्रजातिहरू पनि यस समयमा प्रशस्त देखिन्छन्।

विशेषगरी आगन्तुक चराहरू बच्चा कोरल्न नेपाल आउने गर्छन्। यहाँ सुरक्षित वातावरणमा आफ्ना चल्ला हुर्काएपछि ती चरा पुनः आफ्नै पुरानो वासस्थानतर्फ फर्कने गर्छन्। यही प्राकृतिक चक्रको अभिलेख राख्ने महत्त्वपूर्ण अवसरका रूपमा पानी चरा गणनालाई लिइन्छ।

 

Tags: कोशी टप्पुचरा गणनाढिलो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana