smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन, नवनियुक्त मन्त्रीहरूको शपथ

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in समाचार
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन, नवनियुक्त मन्त्रीहरूको शपथ

सुनसरी — कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरपछि नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले मन्त्री तथा राज्यमन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

कांग्रेसतर्फबाट प्रदीपकुमार सुनुवार भौतिक पूर्वाधार, मानबहादुर लिम्बू स्वास्थ्य, इस्राइल मन्सुरी कृषि तथा भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका छन्। साथै शोभा चेम्जोङ भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन्।

यस्तै एमालेबाट विदुर लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री, तिल्चन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्री र राम प्रसाद महतो सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएका छन्। उमाकान्त गौतमलाई राज्यमन्त्री नियुक्त गरिएको छ।

९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४० (उपसभामुखसहित), कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद रहेका छन्। प्रदेश सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।

मन्त्रिपरिषद् पुनर्गठनसँगै प्रदेश सरकारको राजनीतिक समीकरण थप स्पष्ट बनेको छ।

 

Tags: कोशीपुनर्गठनमन्त्रीशपथ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana