सुनसरी- उदयपुरको बेलका नगरपालिकामा दम्पतीबीच भएको घरेलु विवाद अन्ततः ज्यान जाने घटनामा परिणत भएको छ। बेलका–३ किराँत चोकका खगेन्द्र राईले आफ्नै श्रीमती गंगा राईमाथि छुरा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार घाइते गंगालाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको पुष्टि गरिएको छ।
घटनापछि खगेन्द्र राईले आफूलाई समेत चोट पुर्याउने प्रयास गरेका थिए। स्थानीयको सहयोगमा उनलाई नियन्त्रणमा लिइ उपचारका लागि धरान पठाइएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ। हाल उनी प्रहरी निगरानीमा उपचाररत छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
