smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

रंगेलीमा आस्थामाथि प्रहार: संसारीमाई मन्दिरमा चोरी, सुरक्षा व्यवस्थामाथि प्रश्न

by स्मार्ट सिटि दैनिक
४ महिना अगाडि
in समाचार
रंगेलीमा आस्थामाथि प्रहार: संसारीमाई मन्दिरमा चोरी, सुरक्षा व्यवस्थामाथि प्रश्न

सुनसरी-  रंगेली नगरपालिका–७ स्थित प्रसिद्ध श्री संसारीमाई मन्दिरमा भएको चोरीले स्थानीय मात्र होइन, समग्र समाजलाई नै झस्काएको छ। आस्था, विश्वास र श्रद्धाको केन्द्र मानिने मन्दिर नै असुरक्षित बनेपछि धार्मिक स्थलहरूको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको हो।

प्रहरीका अनुसार रातिको समयमा मन्दिरको च्यानल गेटको ताल्चा फोडेर अज्ञात समूह भित्र प्रवेश गरी चोरी गरिएको हो। मन्दिरबाट संसारी माताका दुई थान साना मूर्ति, मुख्य मूर्तिमा चढाइएका चाँदीका गरगहना तथा दानपेटिकाको सिसा फोडी त्यसभित्र रहेको नगदसमेत चोरी भएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटीको नेतृत्वमा अनुसन्धान सुरु गरिएको छ। प्रहरीले सिसीटिभी फुटेज संकलन तथा विश्लेषण गर्दै चोरीमा संलग्नको पहिचान गर्ने प्रयास गरिरहेको जनाएको छ। प्रहरी स्रोतका अनुसार चोरी योजनाबद्ध देखिएकाले एक्लो व्यक्तिभन्दा पनि समूहको संलग्नता हुने सम्भावना बढी छ।

घटनाप्रति स्थानीयवासी आक्रोशित छन्। भक्तजनको विश्वाससँग जोडिएका बहुमूल्य सामग्री रहने मन्दिरहरू पछिल्लो समय चोरहरूको निशानामा पर्न थालेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। साथै दोषीलाई शीघ्र पक्राउ गरी सार्वजनिक गर्न र कडा कारबाही गर्न स्थानीयको माग छ।

संसारीमाई मन्दिरमा भएको यो घटनाले धार्मिक स्थलको सुरक्षा केवल मन्दिर व्यवस्थापन समितिको जिम्मेवारी मात्र नभई राज्य र समाज दुवैको साझा दायित्व हो भन्ने सन्देश दिएको छ। आस्थाको रक्षा गर्न अब सुरक्षा व्यवस्थामा गम्भीरता देखाउने कि नदेखाउने भन्ने प्रश्न भने अझै खुलै छ।

 

Tags: चोरीरंगेलीसंसारीमाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana