smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

मोरङमा एम्बुलेन्समा गाँजा सहित दुईजना पक्राउ

by स्मार्ट सिटि दैनिक
४ महिना अगाडि
in समाचार
मोरङमा एम्बुलेन्समा गाँजा सहित दुईजना पक्राउ

 सुनसरी– मोरङको केराबारी गाउँपालिका–५ लाफाटोलमा सोमबार प्रदेश नम्बर १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्समा गाँजा तस्करीको आरोपमा दुईजना पक्राउ परेका छन्।

प्रहरीले पूर्व सुचनाको आधारमा एम्बुलेन्स पछ्याउँदै छेकेबार लगाएको थियो। प्रहरी निरीक्षक राजीव गिरी र प्रहरी सहायक निरीक्षक फजिन्द्र तोलाङ्गीको टोलीले रोकेपछि चालक निश्चल राई (३५) र खगेन्द्र लिम्बु (२०) एम्बुलेन्सबाट भाग्न खोजे। केही समयपछि प्रहरीले एक राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको मोरङ प्रहरीले जनाएको छ।

बरामद एम्बुलेन्समा १६ पोका लागुऔषध गाँजा फेला परेको छ। एम्बुलेन्स पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको नाममा स्थापना भएको प्रतिष्ठानको हो र शहीदभूमि गाउँपालिका–१ खाल्सा छिन्ताङ, धनकुटाबाट संचालित रहेको छ।

मोरङ प्रहरीका प्रवक्ता कोपिला चुँडालले घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताइन्।

 

Tags: गाँजापक्राउमोरङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana