smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

नाइजेरियामा आइएसआइएसविरुद्ध अमेरिकाको सटीक हवाई आक्रमण, ट्रम्पले दिए कडा

by स्मार्ट सिटि दैनिक
४ महिना अगाडि
in समाचार
नाइजेरियामा आइएसआइएसविरुद्ध अमेरिकाको सटीक हवाई आक्रमण, ट्रम्पले दिए कडा

सुनसरी-  अमेरिकाले नाइजेरियामा सक्रिय आइएसआइएस लक्षित हवाईऽ आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा आइएसआइएसले क्रिश्चियन समुदायमाथि क्रूरतापूर्वक आक्रमण गर्दै आएको आरोप लगाउँदै उक्त कारबाही गरिएको बताएका छन्।

ट्रम्पका अनुसार लामो समयदेखि निर्दोष क्रिश्चियनहरूलाई लक्षित गरी हत्या गर्दै आएका आइएसआइएस आतंककारीविरुद्ध अमेरिकी सेनाले अत्यन्तै सटीक र प्रभावकारी हवाई हमला गरेको हो। उनले अमेरिकाले कट्टरपन्थी इस्लामिक आतंकवादलाई संसारको कुनै पनि भागमा फैलिन नदिने स्पष्ट सन्देश दिएको उल्लेख गरे।

राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाको खुलेर प्रशंसा गर्दै रक्षा मन्त्रालयलाई ‘युद्ध विभाग’ भनेर सम्बोधन गरेका छन्। उनले यस्तो स्तरको सटीक सैन्य कारबाही गर्न अमेरिकामात्र सक्षम रहेको दाबीसमेत गरे।

यसैबीच, नागरिक स्वतन्त्रता र कानूनको शासनका लागि अन्तर्राष्ट्रिय समाज  ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नाइजेरियामा धार्मिक हिंसा तीव्र रूपमा बढ्दै गएको छ। प्रतिवेदनमा जनवरीदेखि अगस्ट १० सम्मको अवधिमा मात्रै ७ हजारभन्दा बढी क्रिश्चियनहरू मारिएको उल्लेख गरिएको छ। यी हत्याका लागि बोको हराम, फुलानी समूहलगायतका सशस्त्र आतङ्ककारी समूहहरू जिम्मेवार रहेको बताइएको छ।

यसअघि पनि ट्रम्पले नाइजेरियालाई कडा चेतावनी दिएका थिए। नोभेम्बर २ मा उनले यदि क्रिश्चियन समुदायमाथि भइरहेका हत्या र आक्रमणहरू रोकिएनन् भने नाइजेरियालाई प्रदान गरिँदै आएको सबै आर्थिक तथा सैन्य सहायता तत्काल निलम्बन गरिने चेतावनी दिएका थिए।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana