smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

इटहरीमा ब्राउनसुगरसहित युवक पक्राउ, मितेरी पुल लागूऔषध कारोबारको आशंकित केन्द्र

by स्मार्ट सिटि दैनिक
४ महिना अगाडि
in समाचार
इटहरीमा ब्राउनसुगरसहित युवक पक्राउ, मितेरी पुल लागूऔषध कारोबारको आशंकित केन्द्र

सुनसरी-  इटहरीको व्यस्त सार्वजनिक क्षेत्र मितेरी पुल लागूऔषध कारोबारको सम्भावित थलो बन्दै गएको संकेत देखिएको छ। सोही क्रममा प्रहरीले ब्राउनसुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

मंगलबार साँझ करिब ५ बजेको समयमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–४ स्थित मितेरी पुल क्षेत्रमा शंकास्पद गतिविधि देखेपछि चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा सोही स्थानका करिब ३० वर्षीय टीका राईको साथबाट ४.२३ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।

सार्वजनिक आवतजावत अत्यधिक हुने स्थानमै लागूऔषध बोकेर हिँड्नुले इटहरी क्षेत्रमा लागूऔषधको सञ्जाल सक्रिय रहेको आशंका थप बलियो बनाएको छ।

प्रहरीले बरामद लागूऔषधको परीक्षण तथा स्रोत पहिचानको प्रक्रिया अघि बढाएको बताउँदै लागूऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिको खोजीमा समेत अनुसन्धान तीव्र पारिएको जनाएको छ।

नियन्त्रणमा लिइएका राईलाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

Tags: इटहरीपक्राउब्राउनसुगरयुवक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana