smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

जेनजी आन्दोलनका बेला फरार कैदीबन्दी पक्राउ

by स्मार्ट सिटि दैनिक
४ महिना अगाडि
in समाचार
 दुहवीको मुस्कान होटलमा प्रहरीको आकस्मिक छापा, ब्राउनसुगरसहित चार पक्राउ

सुनसरी- जेनजी आन्दोलनको क्रममा गत २४ भदौमा देशका विभिन्न कारागार तथा बाल सुधार गृहबाट फरार भएका कैदीबन्दीमध्ये ११ जनालाई सिरहा प्रहरीले हालसम्म पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जना नाबालक रहेको जिल्ला प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जलेश्वर, नख्खु, जगन्नाथ देवल, सप्तरी, सिन्धुली, केन्द्रीय कारागार र वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका कैदीबन्दीहरू पक्राउ परेका हुन्।

प्रहरी निरीक्षक ओमप्रकाश पण्डितका अनुसार पक्राउ परेकामध्ये नौ जनालाई सम्बन्धित कारागार तथा सुधार गृहमा बुझाइसकिएको छ भने बाँकी दुई जनालाई बुझाउने प्रक्रिया जारी छ।

यसैबीच, सिरहा प्रहरीले धनगढीमाई नगरपालिका–११ डाबरटोलस्थित चितवा खोला नजिक सोमबार दिउँसो बेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक बरामद गरेको छ। उक्त बन्दुक कसको हो र कसरी त्यहाँ आइपुग्यो भन्ने विषयमा इलाका प्रहरी कार्यालय लहानले अनुसन्धान गरिरहेको जनाएको छ।

Tags: जेनजीपक्राउफरार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana