smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

झुम्का कारागारबाट फरारमध्ये अधिकांश फर्किए, अझै ७ सय बढी कैदी बाहिर

by adminIT
६ महिना अगाडि
in समाचार
झुम्का कारागारबाट फरारमध्ये अधिकांश फर्किए, अझै ७ सय बढी कैदी बाहिर

सुनसरी । भदौ २४ गते राति जेनजी आन्दोलनको अव्यवस्थाबीच सुनसरीस्थित झुम्का कारागारबाट भागेका कैदीबन्दीमध्ये ठूलो संख्यामा पुनः कारागार फर्किएका छन्।

कारागार प्रशासनका प्रमुख सुवास लामिछानेका अनुसार हालसम्म १ हजार ९२ जना कैदीबन्दीले आत्मसमर्पण गरी पुनः कारागार प्रवेश गरेका छन्। तर, अझै ७ सय ४ जना फरार रहेका छन्। फरारमध्ये ५० जना भारतीय नागरिक रहेको पुष्टि भएको छ। झुम्कामा रहेका ६१ भारतीय कैदीमध्ये केवल ११ जना मात्र फर्किएका छन्।

घटनाको बेला झुम्का कारागारमा कुल १ हजार ७९६ कैदीबन्दी रहेका थिए। आन्दोलनको दोस्रो दिन राति ठूलो भीड र अव्यवस्थाबीच सबै कैदीबन्दी बाहिरिएका थिए। त्यसपछि सुरक्षा निकाय र प्रशासनले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गर्दै आएका छन्।
कारागार व्यवस्थापन विभागले असोज २० गतेभित्र फर्किन निर्देशन जारी गरेको थियो। सो समयसीमा समाप्त भइसकेपछि अझै नफर्किनेहरूलाई कारागार ऐन अनुसार कानुनी कारबाही हुने चेतावनी दिइएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले भने, “फरार कैदीबन्दीलाई नियन्त्रणमा ल्याउन प्रहरीले आक्रामक अभियान अघि बढाएको छ। फर्किन नचाहनेमाथि कानुन बमोजिम कठोर कदम चालिनेछ।”

यसअघि पनि कारागार प्रशासनले फरारहरूको विवरण प्रहरीमा पठाई सीमाक्षेत्र र मुख्य सडकमुख्य नाकाहरूमा विशेष निगरानी बढाएको जनाएको छ। प्रशासनले अझै फरार रहेका कैदीलाई छिट्टै आत्मसमर्पण गर्न आह्वानसमेत गरेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana