smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

इनरुवामा स्कारपियो छाडेर फरार, प्रहरीद्वारा ४६० केजी गाँजा बरामद

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
इनरुवामा स्कारपियो छाडेर फरार, प्रहरीद्वारा ४६० केजी गाँजा बरामद

ईनरुवा। सुनसरीको इनरुवा नगरपालिका–९ नहरचोक क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको विशेष जानकारीका आधारमा प्रहरीले गरेको कारबाहीमा ठूलो मात्रामा गाँजा बरामद भएको छ।

मंगलवार साँझ इनरुवा–जाल्पापुर भित्री सडकखण्डमा जाँचका क्रममा बा ३ च ५५८५ नम्बरको स्कारपियो रोकिनु पर्नेमा चालक फरार भएपछि प्रहरीले सतर्कता बढाएको थियो। पछि अस्थायी प्रहरी चौकी साम्बला, पोखरीचोकबाट खटिएको टोलीले नहरचोकबाट करिब १०० मिटर टाढा उक्त गाडी छाडिएको अवस्थामा फेला पारेको हो।

गाडीको तलासी गर्दा प्लास्टिकका बोरामा प्याक गरिएको १६ बोरा बराबर करिब ४६० केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। चालक भने फरार रहेका छन् र उनको खोजतलास तीव्र रूपमा चलिरहेको प्रहरीको भनाइ छ।

बरामद गरिएको गाडी तथा लागूपदार्थलाई कानुनी प्रक्रिया पूरा गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान अघि बढाइिएको छ।

 

Tags: गाँजाबरामदस्कारपियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana