smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

आगामी प्रतिनिधिसभा चुनावलाई ध्यानमा राख्दै देशभर मतदानस्थल पुनर्संरचना, ७५ वटा थपिए

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
आगामी प्रतिनिधिसभा चुनावलाई ध्यानमा राख्दै देशभर मतदानस्थल पुनर्संरचना, ७५ वटा थपिए

इनरुवा । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले देशभरका मतदानस्थलहरूको व्यापक पुनरावलोकन गरी संरचनागत समायोजन गरेको छ। मतदाताको पहुँच सहज, सुरक्षित र व्यवस्थित बन्ने उद्देश्यका साथ आयोगले १६८ नयाँ मतदानस्थल थपेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार बसेको आयोगको वैठकले अब कुल १० हजार ९६७ मतदानस्थल कायम गर्ने निर्णय गरेको छ। यसअघि १० हजार ८९२ मतदानस्थल रहेका थिए।

पुनरावलोकन प्रक्रियामा ९३ मतदानस्थल खारेज गर्दै भूगोल, जनघनत्व, दूरी तथा पहुँचजस्ता सूचकका आधारमा केही मतदानस्थलहरू साविककै नजिकैका स्थानमा सारिएका छन्। त्यस्तै, कतिपय मतदानस्थलका नाम, ठेगाना तथा विवरणमा रहेको त्रुटि समेत सच्याइएको आयोगले जनाएको छ।

आयोगका अनुसार आगामी निर्वाचनमा मतदातालाई सहज पहुँच सुनिश्चित गर्ने, भीडभाड न्यूनीकरण गर्ने र मतदान प्रक्रिया झन् व्यवस्थित बनाउने उद्देश्यका साथ पुनर्संरचना गरिएको हो।

 

Tags: चुनावलाई ध्यानमा राख्दैथपिएमतदानस्थल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana