smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

मोरङ कारागारमा फेरि मृत्यु : स्वास्थ्य संकट झनै गहिरिँदै

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
मोरङ कारागारमा फेरि मृत्यु : स्वास्थ्य संकट झनै गहिरिँदै

मोरङ । मोरङ जिल्ला कारागारमा कैदी–थुनुवाको मृत्यु श्रृङ्खला रोकिएको छैन। लागूऔषध मुद्दामा थुनामा रहेर उपचाररत उर्लाबारी–१ का ३७ वर्षीय टंकबहादुर दर्जीको शनिबार दिउँसो कोशी अस्पतालमा मृत्यु भएको छ।

दर्जीलाई शरीर अस्थिर रूपमा सुन्निनु, सास फेर्न कठिनाइ र शारीरिक कमजोरीका कारण मंसिर ७ गते आईसीयूमा राखिएको थियो। साउन ३० देखि पुर्पक्षका लागि कारागारमा बन्दी बनाइएका उनको मुद्दा अझै न्यायिक टुंगोमा पुगेको थिएन।

कारागार प्रशासनका अनुसार वैशाखयतादेखि मोरङ कारागारमा मृत्यु हुने कैदी–थुनुवाको संख्या १४ पुगेको छ। दुई दिनअघि मात्रै तेजबहादुर राई र हर्कजंग लिम्बूको पनि उपचारका क्रममा ज्यान गएको थियो।

कारागारमा हाल थुनुवाबीच शरीर सुन्निने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने लक्षणहरू तीव्र रूपमा देखिन थालेका छन्। प्रशासनले यसलाई कारागारभित्रको भीडभाड, सफाइ तथा स्वास्थ्य सेवा अभावसँग जोडेको छ।

लगातार बढिरहेका मृत्युका घटनाले कारागार प्रशासन, स्थानीय निकाय र सरोकारवाला निकायको ध्यान आकृष्ट गरेको छ। विशेषज्ञहरूले तुरुन्त व्यापक स्वास्थ्य परीक्षण, वातावरणीय सुधार र शंकास्पद संक्रमणको पहिचानका लागि अनुसन्धान आवश्यक रहेको सुझाव दिएका छन्।

 

Tags: कारागारमामृत्युमोरङसंकट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana