smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

भोक्राहा नरसिंह–७ मा बाढीपीडित मृतक परिवारलाई राहत हस्तान्तरण

by adminIT
६ महिना अगाडि
in समाचार
भोक्राहा नरसिंह–७ मा बाढीपीडित मृतक परिवारलाई राहत हस्तान्तरण

इनरुवा । हालैको अविरल वर्षापछि आएको सुनसरी खोलाको बाढीमा ज्यान गुमाएका भोक्राहा नरसिंह गाउँपालिका–७ का अन्दाजी ५५ वर्षीय उपेन्द्र रोहिता (यादव)का परिवारलाई गाउँपालिकाले राहत सामग्री हस्तान्तरण गरेको छ ।

गएको साता घर नजिकै बाख्राको लागि घाँस ल्याउन खेतमा गएको बेला बाढीले बगाएर उनको मृत्यु भएको थियो । उक्त घटनापछि पालिका अध्यक्ष अजमल अख्तर आजादको नेतृत्वमा गएको टोलीले शुक्रबार मृतक परिवारलाई भेटी सहानुभूति प्रकट गर्दै राहत सामग्री वितरण गरेको हो ।भेटघाटमा लेखा अधिकृत दिपेन्द्र चौधरी, स्वास्थ्य शाखा प्रमुख हिरा शाह, समाजसेवी रामेश्वर मरवैता, वडा नं. ७ का वडाध्यक्ष बौवालाल यादव, नेपाली कांग्रेस जिल्ला सदस्य सुनिल शाह, आरिफ हुसेन, सविर मंसुरी लगायतका जनप्रतिनिधि, राजनीतिक दलका कार्यकर्ता तथा कर्मचारीहरू सहभागी थिए ।

मृतक परिवारलाई प्रदान गरिएको राहत सामग्रीमा चामल ५० केजी, खानेतेल ५ लिटर , दाल, नुन, साबुन, भुजा, प्याकेज गरिएको खानेपानी लगायतका अन्य सामग्री हस्तान्तरण गरेका छन् ।

पालिका अध्यक्ष आजादले मृतक परिवारलाई तत्काल राहतका रूपमा सामग्री हस्तान्तरण गरिएको जनाउँदै आगामी दिनमा काजकिरिया खर्च र क्षतिपूर्ति वितरण प्रक्रिया पनि अघि बढाइने बताए ।उनीहरूले विपद्को समयमा स्थानीय सरकार पीडित परिवारको साथमा रहने र कुनै पनि परिवार राहतविहीन नबनोस् भन्ने उद्देश्यका साथ पालिकाले सहयोग अभियान चलाइरहेको जानकारी दिएका छन् । पालिकाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई धैर्य धारण गर्न आग्रह गरेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana