smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

 दुहवीको मुस्कान होटलमा प्रहरीको आकस्मिक छापा, ब्राउनसुगरसहित चार पक्राउ

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
 दुहवीको मुस्कान होटलमा प्रहरीको आकस्मिक छापा, ब्राउनसुगरसहित चार पक्राउ

सुनसरी-  सुनसरीको दुहवी क्षेत्रमा होटलमार्फत लागूऔषध बिक्री–वितरण भइरहेको सूचनापछि प्रहरीले बुधबार राति विशेष मिसनमार्फत छापा हानेको छ।
दुहवी नगरपालिका–१०, जगुवा चोकस्थित मुस्कान होटल खाजा घरलाई ‘ड्रपप्वाइन्ट’का रूपमा प्रयोग भइरहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको टोलीले होटलभित्रै छापा मारेको हो।

छापाका क्रममा होटलको दक्षिण–पूर्व कुनामा रहेको ४ नं. कटेजमा बसेका चार जनाले प्रहरीलाई देख्नेबित्तिकै झोलाबाट केही पदार्थ फालेर भाग्न खोजेपछि तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
चेकजाँच गर्दा झोलामा लुकाएर राखिएको ११.६ ग्राम ब्राउनसुगर बरामद गरिएको हो।

घटनामा संलग्न भन्दै भारत बिहार सुपौल–५ का १८ वर्षीय महमद हैदर, दुहवी–१ का २६ वर्षीय सिन्टु कुमार पासमान, दुहवी–७ का २८ वर्षीय सुमित कुमार पासमान र दुहवी–८ का १८ वर्षीय गौरव झालाई पक्राउ गरिएको छ।

प्रहरीका अनुसार पछिल्ला महिनामा दुहवी आसपासका होटल, लज र भित्री गल्लीहरूलाई लागूऔषध आपूर्ति केन्द्रका रूपमा प्रयोग भइरहेको भेटिएपछि निगरानी कडाइ गरिएको छ।
सीमावर्ती क्षेत्र भएकाले बिहारबाट आवतजावत गर्ने समूहले दुहवीलाई ‘सुरक्षित स्थान’ बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै प्रहरीले आगामी दिनमा थप कडा अनुगमनका संकेत समेत दिएको छ।

 

Tags: पक्राउब्राउनसुगरसहितमुस्कान होटलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana