smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

विराटनगर मा २४ घण्टा निःशुल्क बर्थिङ सेन्टर सञ्चालन, दक्षिणी क्षेत्रमा सुरक्षित प्रसूति सेवाको पहुँच बलियो

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
विराटनगर मा २४ घण्टा निःशुल्क बर्थिङ सेन्टर सञ्चालन, दक्षिणी क्षेत्रमा सुरक्षित प्रसूति सेवाको पहुँच बलियो

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–१५ स्थित रानी अस्पतालमा २४ घण्टा निःशुल्क बर्थिङ सेन्टर (प्रसूति सेवा) सञ्चालनमा ल्याएर दक्षिणी क्षेत्रका स्थानीयवासीका लागि सुरक्षित मातृ–शिशु स्वास्थ्य सेवामा महत्वपूर्ण प्रगतिको घोषणा गरेको छ।

मंगलबार आयोजित विशेष समारोहमा मेयर नागेश कोइरालाले उपमेयर शिल्पा निराला कार्की र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलको उपस्थितिमा प्रसूति सेवाको औपचारिक उद्घाटन गरे। सेवा सञ्चालनसँगै मातृ तथा शिशु मृत्युदर घटाउन मद्दत पुग्ने र स्वास्थ्य सेवामा पहुँच अझ सहज हुने महानगरले जनाएको छ।

मेयर कोइरालाले आफ्नो चुनावी प्रतिबद्धता पूर्ति हुँदै दक्षिणी क्षेत्रका बासिन्दाका लागि सबैभन्दा आवश्यक मानिने प्रसूति सेवामा अब आर्थिक वा दूरीका कारणले समस्या नपर्ने बताए।
“रानी क्षेत्रका नागरिकलाई विराटनगरका ठूला अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य भएको छ,” उनले भने, “अब उनीहरूले निःशुल्क, सुरक्षित र छिमेकमै उपलब्ध सेवा लिन सक्नेछन्।”

उपमेयर कार्कीले बर्थिङ सेन्टर सञ्चालनलाई पहिलो चरणको उपलब्धि भन्दै निकट भविष्यमै रानी अस्पतालमा थप सेवा विस्तार गरिने उल्लेख गरिन्। उनले प्रसूति सेवाको प्रभावकारिता र गुणस्तरलाई महत्त्वपूर्व बनाइने बताइन्।

वडा नम्बर १५ का अध्यक्ष प्रकाश साहले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर अघि बढाएको नेतृत्वप्रति आभार व्यक्त गर्दै अस्पतालका अन्य सेवाहरू पनि विस्तार गर्न आग्रह गरे।

कार्यक्रममा प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. सुरेश मेहताले सेवा सम्झौता मार्फत अस्पताललाई अझ विश्वसनीय र प्रविधिमैत्री बनाउन सुझाव दिए।
त्यस्तै, स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले तालिम प्राप्त जनशक्ति परिचालन गरिएकाले सेवा सहज र प्रभावकारी हुने बताए। उनका अनुसार १९ वटै वडामा एम्बुलेन्स सुविधा तथा गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रे सेवा उपलब्ध गराइएको छ।

रानी अस्पतालका प्रमुख मानिकचन भगत, जनस्वास्थ्य अधिकृत रमेश कार्की तथा स्थानीय समाजसेवीहरूले अस्पताललाई विगतको चुनौतीपूर्ण अवस्थाबाट उठाउन समुदाय तथा महानगरको निरन्तर सहयोग महत्वपूर्ण रहेको बताए।

हाल रानी अस्पतालमा फिजियोथेरापी, ओपीडी, स्वास्थ्य बिमा, परिवार नियोजन, खोप, मातृ–शिशु सेवा, मनोपरामर्शलगायतका सेवा सञ्चालनमा छन्।
स्वास्थ्य सेवा कार्यक्रम मूल्यांकनमा विराटनगर महानगर मोरङका १७ पालिकामध्ये तेस्रो स्थानमा रहन सफल भएको छ।

 

Tags: निःशुल्क बर्थिङप्रसूतिविराटनगर मासेवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana