कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब ५१४ दशमलव ३१ हेक्टर क्षेत्र अहिले अतिक्रमणको गम्भीर समस्या झेलिरहेको छ। निकुञ्जका ढक्का, तारापुर र लल्लरे डाँडा क्षेत्रमा मात्र ३७४ दशमलव ४२ हेक्टर भूभाग स्थानीय बस्तीले ओगटेको छ भने नेपाल–भारत सिमानाको पिल्लर नं. २८ नजिक भारतीय नागरिकले १३९ दशमलव ८९ हेक्टर क्षेत्र कब्जामा लिएर खेती गरिरहेको तथ्य निकुञ्ज कार्यालयले सार्वजनिक गरेको हो।
तत्कालीन आरक्ष विस्तार (वि.सं. २०५८) का क्रममा विस्थापित गरिएका परिवारलाई वैकल्पिक व्यवस्था गर्न नसकिँदा उनीहरू वर्षौंदेखि निकुञ्जकै संवेदनशील क्षेत्र (कोर एरिया) भित्र बस्न बाध्य बने।
सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार ढक्कामा ६०४, तारापुरमा १५५ र लल्लेरीमा १३ परिवार अहिले पनि निकुञ्जक्षेत्रमै बस्दै आएका छन्।
“कोर एरियामा मानवबस्ती बस्दा वन्यजन्तुको बासस्थान खलबलिनु त हुन्छ नै, बसोबास गरेका नागरिकले पनि आधारभूत सेवा पाउन सक्दैनन्,” वाग्लेले बताए।
नेपाल–भारत सीमाको पिल्लर २८ र २७ बीच सब–पिल्लर नहुँदा निकुञ्जको एक भाग ‘विवादित क्षेत्र’ बनेको छ। यही कारण भारतीय नागरिक वर्षौंदेखि निकुञ्जभित्र खेती गर्दै आएका हुन्।
निकुञ्ज र नेपाली सेनाले गत जेठमा पिल्लर नं. २८ नजिकै संयुक्त सुरक्षा पोष्ट स्थापना गर्दै गस्ती कडा पारेपछि मात्र भारतीयतर्फको गतिविधि केही नियन्त्रणमा आएको निकुञ्ज पक्षको द
हाल निकुञ्जको सुरक्षाका लागि नेपाली सेना र निकुञ्ज कार्यालय मिलेर १५ संयुक्त सुरक्षा पोष्ट सञ्चालनमा छन्। साथै सेनाका ३ छुट्टै पोष्टले गस्ती तथा निगरानी थप सुदृढ बनाएका छन्
कोर एरियामा बढ्दो मानव बस्तीका कारण मानव–वन्यजन्तु द्वन्द्व पनि तीव्र बनेको छ। निकुञ्जका तथ्यांक अनुसार पछिल्लो दश वर्षमा जंगली हात्तीको आक्रमणमा १७ जनाको (३ महिला, १४ पुरुष) मृत्यु भएको छ।
निकुञ्जबाट विस्थापितहरूको दीर्घ समाधानका लागि ३३ वटा आयोग गठन भए पनि अझै कुनै ठोस निर्णय नआउँदा समस्या झन् जटिल बन्दै गएको जनाएको छ।
