smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

सशस्त्र प्रहरी र भारतीय एसएसबीबीच सीमा सुरक्षामा सहकार्य विस्तार

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
सशस्त्र प्रहरी र भारतीय एसएसबीबीच सीमा सुरक्षामा सहकार्य विस्तार

काठमाडौँ । नेपाल–भारत सीमा सुरक्षालाई थप सुदृढ बनाउन सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच उच्चस्तरीय समन्वय तथा सहकार्य विस्तार गर्ने सहमति भएको छ।

भारतको नयाँ दिल्लीमा कात्तिक २६ देखि २८ गतेसम्म सम्पन्न नवौँ द्विपक्षीय समन्वयात्मक बैठकमा दुवै पक्षले सीमा क्षेत्रमा बढ्दो अपराध नियन्त्रणदेखि लागूऔषध ओसारपसार, मानव तस्करी र अवैध आवतजावत रोकथामसम्मका विषयमा विस्तृत छलफल गरेका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र एसएसबीका महानिर्देशक संजय सिङ्घल नेतृत्वको भारतीय टोलीबीचको बैठकमा सीमा क्षेत्रमा हुने चोरी–निकासी तथा पैठारी रोक्न संयुक्त गस्ती, सूचना आदान–प्रदान र संयुक्त तालिमलाई नियमित र प्रभावकारी बनाउन सहमति जनाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

बैठकले गत मङ्सिरमा काठमाडौँमा सम्पन्न आठौँ बैठकमा पारित एजेण्डाहरुको प्रगतिसमेत समिक्षा गरेको थियो। एजेण्डा कार्यान्वयनमा देखिएका चुनौती पहिचान गर्दै आगामी रणनीतिक सहयोगका ढाँचा, जोखिमयुक्त नाकाहरुमा प्रविधि–आधारित निगरानी, तथा दुवै देशका सुरक्षाकर्मीबीच द्रुत संचार प्रणालीलाई थप सुदृढ बनाउने प्रस्तावमा छलफल भएको बताइएको छ।

दुवै पक्षले सीमा सुरक्षालाई स्थायी रुपमा मजबुत पार्दै साझा हितका विषयमा निरन्तर समन्वय अघि बढाउने प्रतिबद्धता जनाउँदै बैठक समापन गरेका छन्।

 

 

 

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana