smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

भोक्राहा नरसिंह गाउँपालिकाले बैंकहरूलाई किसानलाई राहतस्वरूप किस्ता स्थगित गर्न आग्रह

by स्मार्ट सिटि दैनिक
६ महिना अगाडि
in समाचार
विराटनगरमा फोहोरको डंगुरमा मरेको कुकुर ,स्थानीयवासी हैरान

सुनसरी । हालैको अविरल वर्षाका कारण आएको बाढीले स्थानीय किसानहरूलाई ठूलो आर्थिक क्षति पुर्‍याएको भन्दै भोक्राहा नरसिंह गाउँपालिकाले बैंक तथा वित्तीय संस्थाहरूलाई कृषकहरूको ऋण किस्ता र ब्याज अस्थायी रूपमा स्थगित गर्न अनुरोध गरेको छ।

गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले हस्ताक्षरित पत्रमा भनिएको छ, “गत भदौ १८ र १९ गते परेको भीषण वर्षा र बाढीका कारण किसानहरूको धान, तरकारी लगायतका बालीहरू डुबानमा परे। यसले गर्दा उनीहरू गम्भीर आर्थिक संकटमा परेका छन्।”

पत्रमा उल्लेख छ कि बाढीपीडित किसान, व्यापारी र मजदुरहरूलाई तत्काल ऋण तिर्ने अवस्था नभएकाले असोज महिनाको किस्ता तथा ब्याज तिर्ने समयसीमा पुनः निर्धारण गरी राहत प्रदान गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरिएको छ।

अध्यक्ष आजादका अनुसार, “बाढीले किसानहरूको पूँजी नै नष्ट भएको छ। यस्तो अवस्थामा उनीहरूलाई बैंक किस्ता र ब्याज तिर्न बाध्य पार्नु अन्याय हुनेछ। गाउँपालिकाले स्थानीय आर्थिक सञ्जालमा लचिलो नीति अपनाउन आग्रह गरेको छ ताकि किसानहरू पुनः उत्पादनमा फर्किन सकून्।”

पत्र इनरुवा नगरपालिका, कोशी गाउँपालिका, हरिनगर नगरपालिका लगायत क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूमा पठाइएको छ। गाउँपालिकाले यो निर्णयलाई “बाढीपीडित कृषकहरूलाई राहत र पुनःस्थापनाको पहिलो कदम”का रूपमा लिएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana