smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

कोशी प्रदेशसभा सचिवमा सुदर्शन खड्का नियुक्त

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
कोशी प्रदेशसभा सचिवमा सुदर्शन खड्का नियुक्त

विराटनगर — करिब नौ महिनादेखि नेतृत्वविहीन रहँदै आएको कोशी प्रदेशसभाले नयाँ सचिव पाएको छ। पूर्व संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्कालाई प्रदेशसभा सचिवमा नियुक्त गरिएको हो। सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले उनलाई नियुक्त गरेका हुन्।

संघीय संसद सचिवालयबाट स्वेच्छिक अवकाश लिएका खड्का अब प्रदेशसभाको प्रशासनिक जिम्मेवारी सम्हाल्नेछन्। प्रदेशसभा सूचना अधिकारी निरज ढकालका अनुसार, खड्काको शपथग्रहण आगामी बुधबारका लागि तय गरिएको छ।

गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा प्रदेशसभा भवनमा आगजनी र लुटपाट भएपछि सभा अस्थायी रूपमा कटहरी गाउँपालिका–१ स्थित जम्टोकी कृषि बजारमा सार्ने तयारी भइरहेको छ। यस्तो अस्तव्यस्त अवस्थामै नयाँ सचिवले काम थाल्ने भएका छन्। संघीय संसदमा लामो अनुभव भएका खड्काबाट काम सहज हुने विश्वास गरिएको छ।

यसअघि रहेका तत्कालीन सचिव गोपालप्रसाद पराजुलीलाई सर्वोच्च अदालतले पशुपति क्षेत्र विकास कोषको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको ठहर गर्दै ६ वर्ष कैद र जरिवाना सजाय सुनाएको थियो। सो फैसलापछि उनी स्वतः पदमुक्त भएका थिए।

भक्तपुरको चाँगुनारायण–४ निवासी खड्काले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर र शिक्षाशास्त्रमा स्नातक (बीएड) गरेका छन्। उनले भारत, जर्मनी, चीन, अमेरिका, श्रीलंका, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर र हङकङ लगायत देशको अध्ययन भ्रमणसमेत गरिसकेका छन्।

 

 

 

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana