smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

भुटाहा पुलमा ट्रक–मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
भुटाहा पुलमा ट्रक–मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

इनरुवा- सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ स्थित हुलाकी राजमार्गको भुटाहा पुल नजिक ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक महिलाको ज्यान गएको छ।

सप्तरीतर्फबाट हरिनगरा जाँदै गरेको प्रदेश १–०२–००१ ख ९२०७ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–०४१ प ४४३० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक भोक्राहा–४ का ३५ वर्षीय लक्ष्मण मेहता र पछाडि सवार भोक्राहा–२ की करिब ४० वर्षीया रसिदा खातुन घाइते भएका थिए।

घाइते दुवैलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पुर्‍याइएको थियो। अस्पतालले रसिदा खातुनलाई उपचारको क्रममा मृत घोषणा गरेको हो भने चालक मेहताको अवस्था गम्भीर रहेको र थप उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा संलग्न ट्रक र मोरङ ग्रामथान गाउँपालिका–५ का ३२ वर्षीय चालक रमेश घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी आवश्यक अनुसन्धान सुरु गरेको छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana