smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

गढी गाउँपालिकाले पाँच करार कर्मचारीको सेवा सम्झौता रद्द

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
गढी गाउँपालिकाले पाँच करार कर्मचारीको सेवा सम्झौता रद्द

इनरुवा — सुनसरीको गढी गाउँपालिकाले विभिन्न कार्यक्रमअन्तर्गत कार्यरत पाँच जना करार कर्मचारीको सेवा सम्झौता रद्द गरेको छ। गाउँकार्यपालिकाको मिति २०८२ असोज १७ गते बसेको बैठकले नेपाल सरकारको २०८२ असोज ५ गतेको निर्णय र सम्बन्धित मन्त्रालयको परिपत्रअनुसार यस्तो निर्णय गरेको हो।

गाउँपालिकाले जारी गरेको सार्वजनिक सूचनाअनुसार साझेदारी संस्था सुधार कार्यक्रमअन्तर्गत नियुक्त ती कर्मचारीहरूको करार सम्झौता २०८२ साउन १ गतेदेखि प्रभावकारी हुनेगरी खारेज गरिएको छ।

रद्द गरिएका पदहरूमा १ जना कानुनी सल्लाहकार, १ जना स्वकृत सचिव (अध्यक्ष), १ जना अपाङ्ग सहयोगी सहायक, १ जना रोजगार सहायक र १ जना प्राविधिक सहायक रहेका छन्। तीमध्ये रोजगार र प्राविधिक सहायक प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यरत थिए।

गाउँपालिकाका अध्यक्ष आशा नारायण चौधरी र प्रमुख प्रशासकीय अधिकृत सुमिता रिमालले संयुक्त रूपमा हस्ताक्षर गरेको सूचनामा मन्त्रालयको निर्देशनअनुसार निर्णय तत्काल कार्यान्वयनमा ल्याइसकिएको उल्लेख गरिएको छ। गाउँपालिकाले यो निर्णय सबै सरोकारवालाहरूलाई जानकारीका लागि सार्वजनिक गरेको जनाएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana