smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

सुनसरीमा मतदाता नामावलीमा दर्ता गराउनेको भीड, जेनजी पुस्ताको उल्लेख्य सहभागिता

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
सुनसरीमा मतदाता नामावलीमा दर्ता गराउनेको भीड, जेनजी पुस्ताको उल्लेख्य सहभागिता

इनरुवा । आगामी निर्वाचनलाई लक्षित गर्दै सुनसरी जिल्लामा मतदाता नामावली दर्ता गराउनेको भीड बढ्दै गएको छ। जिल्ला निर्वाचन कार्यालय सुनसरीमा दैनिक सयौँ सर्वसाधारण आफ्नो नाम दर्ता गर्न लाइनमा देखिन्छन्। विशेषगरी जेनजी पुस्ताको उत्साहजनक सहभागिताले कार्यालयको काम झन व्यस्त बनेको छ।

कार्यालयका अनुसार हाल दैनिक करिब ६५० जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराइरहेका छन्। असोज १० गतेसम्म जिल्लामा कुल मतदाता संख्या ५ लाख ५० हजार पुगेको छ भने जारी नाम संकलन अभियानअन्तर्गत अहिलेसम्म करिब ६ हजार जनाले नयाँ नाम दर्ता गराइसकेका छन्।

अधिक भीडका कारण कार्यालयको सर्भरमा बेलाबेलामा समस्या देखिने गरेको जनाइएको छ। यद्यपि, नयाँ मतदाता नाम दर्ता बाहेकका अन्य सेवा भने अनलाइनमार्फतै उपलब्ध रहेको कार्यालयले जानकारी दिएको छ।

जिल्ला निर्वाचन अधिकारीले नागरिकलाई निर्धारित समयभित्र अर्थात् कार्तिक ३० गतेसम्म नाम दर्ता प्रक्रिया पूरा गर्न आग्रह गरेका छन्। उनका अनुसार नाम दर्ता नगरेका तर मतदानयोग्य नागरिकले अबिलम्ब कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana