smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

 लोकसेवामा आरक्षण कोटाबाट २६ हजार बढीको प्रवेश

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
 लोकसेवामा आरक्षण कोटाबाट २६ हजार बढीको प्रवेश

काठमाडौँ । लोकसेवा आयोगले लिएका विभिन्न परीक्षा मार्फत आरक्षण कोटाबाट हालसम्म २६ हजारभन्दा बढी व्यक्तिले सरकारी सेवामा प्रवेश पाएका छन्।

आयोगले हालै राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा यस्तो तथ्यांक समावेश गरिएको छ। आयोगका अनुसार समावेशी प्रणाली लागू भएको २०६४ सालदेखि अहिलेसम्म विभिन्न आरक्षण कोटाबाट २६ हजार २ सय ७४ जनालाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको हो।

आर्थिक वर्ष २०८१/८२ मा मात्रै आयोगले ६ समावेशी समूहअन्तर्गत ८ सय ४९ पदका लागि विज्ञापन गरेको थियो। सो अवधिमा समावेशी प्रणालीबाट १ हजार ५६ जनालाई स्थायी नियुक्तिको सिफारिस गरिएको आयोगले जनाएको छ।

तीमध्ये महिलातर्फ ३ सय ६५, आदिवासी/जनजाति समूहबाट २७३, मधेसी समुदायबाट २३३, दलितबाट ९६, अपांगता समूहबाट ४६ र पिछडिएको क्षेत्र समूहबाट ४३ जनाले नियुक्ति पाएका छन्।

समावेशी प्रणाली लागू भएपछि महिलादेखि लिएर अल्पसंख्यक र पिछडिएका समुदायका व्यक्तिहरू सरकारी सेवामा पहुँच पुर्‍याउन सफल भएको आयोगले जनाएको छ। आयोगका अनुसार समावेशी प्रणालीले सामाजिक न्याय र समान अवसरको अधिकार सुनिश्चित गर्न ठोस भूमिका खेलेको छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana