सुनसरी । सोमबार साँझ सुनसरीको सोमबारे बजारस्थित पक्की भवनभित्र मृत फेला परेका व्यक्तिको परिचय खुल्न आएको छ। प्रहरीले उक्त शव इनरुवा–१ निवासी करिब ४५ देखि ५० वर्षका विनोद साहको भएको पुष्टि गरेको छ।
प्रहरीका अनुसार साह विगतदेखि नै मादक पदार्थ सेवन गर्ने बानी भएका थिए। उनी नियमित रूपमा मापसे गरी हिँड्ने गरेको प्रारम्भिक जानकारी प्रहरीले प्राप्त गरेको बताइएको छ।
हाल मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ। मृत्युको वास्तविक कारण भने परीक्षणपछि मात्र स्पष्ट हुने सुनसरी प्रहरीले जनाएको छ।
