smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

इलाममा बाढीपहिरोबाट ११ अर्ब ८१ करोडको क्षति

by स्मार्ट सिटि दैनिक
६ महिना अगाडि
in समाचार
इलाममा बाढीपहिरोबाट ११ अर्ब ८१ करोडको क्षति

इलाम । गत असोज १८ र १९ गते परेको अविरल वर्षापछि आएको बाढीपहिरोले इलाम जिल्लामा करिब ११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको क्षति पुर्‍याएको छ। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार सडक, पुल, भवन, खानेपानी, सिँचाइ, कृषि, पशुपन्छी, र विद्युत् लगायतका क्षेत्रमा ठूलो भौतिक र आर्थिक क्षति पुगेको हो।

जिल्ला प्रशासन कार्यालयले सम्बन्धित ११ वटा विषयगत कार्यालयबाट संकलन गरेको प्रारम्भिक विवरणअनुसार, सबैभन्दा बढी क्षति सडक क्षेत्रमा भएको छ। सडक डिभिजनका ११ आयोजनामा मात्रै करिब ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। त्यसपछि पूर्वाधार विकास कार्यालयअन्तर्गतका ६२ सडक, २५ पुल र ६ भवनमा गरी ३ अर्ब २३ करोड रुपैयाँ क्षति भएको छ।

नेपाल विद्युत् प्राधिकरणका पाँच आयोजना, जलस्रोत तथा सिँचाइ विकास डिभिजनका नदी नियन्त्रण र सिँचाइ आयोजना, र पशुसेवा विज्ञ केन्द्रका पशुपन्छी तथा गोठहरूमा गरी करिब ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, खानेपानी तथा सरसफाइ डिभिजन र धनकुटा फिल्ड एकाइका आयोजनामा ५६ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।

कृषि क्षेत्रमा पनि ठूलो असर परेको छ। ३,४०९ किसानले लगाएको ८९२ हेक्टर क्षेत्रफलमा रहेको बालीमा २७ करोड ४९ लाख रुपैयाँ बराबरको क्षति भएको छ। साथै, चिया विस्तार योजनाअन्तर्गतका २५ बगानमा ४ करोड ७५ लाख रुपैयाँ क्षति भएको छ।

बाढीपहिरोका कारण ३९ जनाको मृत्यु, २६ जना घाइते, र एक जना बेपत्ता भएका छन्। साथै, ७११ परिवार विस्थापित भएका छन् — जसमा सात सय आफन्तकहाँ र ११ सामुदायिक भवनमा बसिरहेका छन्।

जिल्लाका १० स्थानीय तहमा ३६५ घर पूर्ण रूपमा र ९४० घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। प्रजिअ नेपालका अनुसार क्षतिको विस्तृत विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयमा पठाइएको छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana