smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

हरीनगर गाउँपालिकामा अविरल वर्षाले कृषिमा ठूलो क्षति

by स्मार्ट सिटि दैनिक
६ महिना अगाडि
in समाचार
हरीनगर गाउँपालिकामा अविरल वर्षाले कृषिमा ठूलो क्षति

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90

सुनसरी । असोज १८ देखि २० गतेसम्मको अविरल वर्षाका कारण हरीनगर गाउँपालिकाका विभिन्न वडाहरूमा रहेका बालीहरूमा ठूलो क्षति पुगेको छ । गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र ६ का किसानहरू प्रभावित बनेका छन् ।

कृषि ज्ञान केन्द्रको अनुसार करिब ८६५ हेक्टरमा लगाइएको धान, ५२० हेक्टरमा रहेको तरकारी, र १५० हेक्टरमा लगाइएको केराको बगान बाढी र पानीको कारण डुबानमा परेका छन् । लगातारको वर्षा र जमिनमा पानी जम्दा खेतमा रहेको बाली नष्ट भएको हो ।

स्थानीय किसानहरूले मुख्य धान पाक्ने समयमा बाढी परेकाले उत्पादनमा ठुलो असर परेको बताएका छन् । बाढीका कारण केही स्थानमा तरकारी बाली सड्न थालेको र केराको बोट भासिँदा जरा नष्ट भएको किसानहरूको गुनासो छ ।

गाउँपालिकाले प्रारम्भिक तथ्यांक संकलनको काम अघि बढाएको छ । गाउँपालिका अध्यक्षका अनुसार प्रभावित किसानलाई राहत र पुनः खेतीका लागि आवश्यक सहयोगका कार्यक्रमहरू अघि सारिने तयारी भइरहेको छ ।

स्थानीय कृषक रामलाल यादवले भने, “धान त बाली पाक्नै लागेको थियो, तर पानीले सबै डुबायो, अब त वर्षभरको मेहेनत खेर गयो।”

अविरल वर्षाका कारण नहरहरू र साना खोल्साहरूमा पनि पानीको स्तर बढ्दा बाढीले बस्तीमा समेत प्रवेश गरेको स्थानीयहरूले बताएका छन् ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana