smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

विराटनगर म्युजिक फेस्टिवलमा ‘स्मृति व्याण्ड’लाई विशेष सम्मान

by स्मार्ट सिटि दैनिक
६ महिना अगाडि
in समाचार
विराटनगर म्युजिक फेस्टिवलमा ‘स्मृति व्याण्ड’लाई विशेष सम्मान

विराटनगर –  विराटनगरको चर्चित स्मृति व्याण्डले आफ्नो २५ औँ वार्षिकोत्सव मनाउँदै विशेष सम्मान प्राप्त गर्ने भएको छ । आगामी असोज ३१ गते (शुक्रबार) जैन भवनमा आयोजना हुने चौथो संस्करणको विराटनगर म्युजिक फेस्टिवलमा सो व्याण्डलाई सम्मान गरिने कार्यक्रम तय गरिएको छ।

कार्यक्रमका संयोजक सेन्ट्रो महतका अनुसार लाईभ इन्टरटेन्मेन्टको आयोजनामा हुने उक्त फेस्टिवलमा स्मृति व्याण्डको विशेष प्रस्तुति सहित सम्मान कार्यक्रम राखिएको छ। उनले भने, “स्मृति व्याण्डले विराटनगरको संगीत क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि योगदान दिइरहेको छ, त्यसको सम्मानस्वरूप यसपटक विशेष अवार्ड प्रदान गर्न लागिएको हो।”

ई.स. २००० सालमा स्थापना भएको स्मृति व्याण्डले देशका विभिन्न सहरहरूमा आफ्नो सांगीतिक प्रस्तुति दिइसकेको छ। हाल समूहमा भोकलमा ज्योति सुब्बा, गिटारमा दिपेन थापा र सुरज थन्दार, बेस गिटारमा दौरभराज वाना र ड्रमरमा विवेक राई रहेका छन्। 

व्याण्डका चर्चित गीतहरू ‘आमा तिम्रो माया’, ‘मेरो पहिलो प्रेम’, ‘जानु छ विदेश’ र ‘सपना हो कि बनेर’ श्रोतालाई निकै मन परेका छन्। युट्युबमा उनीहरूको नवीन एल्बम ‘सार्थक’ समेत चर्चामा रहेको आयोजकले जनाएको छ।

यसअघि स्मृति व्याण्डले स्प्राइट व्याण्ड च्यालेन्जमा समेत उत्कृष्ट पाँच टोलीभित्र स्थान बनाएको थियो। फेस्टिवलमा स्मृति व्याण्डसँगै स्वर व्याण्ड, पूर्ण राई एण्ड दाजुभाइ टिम लगायतका लोकप्रिय कलाकारहरूको प्रस्तुति पनि रहनेछ।

आयोजकका अनुसार विराटनगर म्युजिक फेस्टिवलले स्थानीय कलाकारलाई प्रोत्साहन दिँदै विराटनगरको सांगीतिक संस्कृतिलाई अझ सशक्त बनाउने लक्ष्य लिएको छ।

Top of Form

 

 

Bottom of Form

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana