smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

देवानगञ्ज गाउँपालिकामा अविरल वर्षाले कृषिक्षेत्रमा ठूलो क्षति

by स्मार्ट सिटि दैनिक
६ महिना अगाडि
in समाचार
देवानगञ्ज गाउँपालिकामा अविरल वर्षाले कृषिक्षेत्रमा ठूलो क्षति

सुनसरी — असोज १८-१९ गते को अविरल वर्षाले देवानगञ्ज गाउँपालिकाका विभिन्न वडामा रहेका कृषिक्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएको छ। गाउँपालिकाका वडा नं. १, २, ३, ४, ५ र ६ मा रहेका खेतबारी डुबानमा परेपछि स्थानीय किसानहरू ठूलो मारमा परेका छन्।

गाउँपालिकाको प्रारम्भिक विवरणअनुसार धान ३०६ हेक्टर, तरकारी ११५ हेक्टर, केरा २५ हेक्टर र ऊँखु १९ हेक्टर क्षेत्रफलमा खेती गरिएको जग्गा बाढी र पानीले क्षति पुर्‍याएको हो। यसले स्थानीय किसानहरूको वर्षभरको मेहनत र लगानी नै जोखिममा पारेको छ।

कृषि ज्ञान केन्द्र सुनसरीले दिएको जानकारी अनुसार, वर्षाको पानी खेतमा जमिरहेकाले अझै क्षतिको वास्तविक मूल्याङ्कन हुन बाँकी रहेको बताइएको छ। गाउँपालिकाले कृषि प्राविधिक टोली खटाएर प्रत्येक वडामा क्षतिको स्थलगत विवरण संकलन कार्य अगाडि बढाइरहेको छ।

स्थानीय किसानहरूको भनाइअनुसार, यसपटक वर्षाको समय र परिमाण दुवै असामान्य भएकाले धान काट्ने तयारीमा रहेका बालीहरू ठिक समयमा भित्र्याउन नसकिएको र सबैजसो खेतमा बाली कुहिन थालेका छन्। तरकारी र केरा खेतीमा पनि ठूलो क्षति भएको छ।

गाउँपालिका अध्यक्षले भने, “अविरल वर्षाको कारण किसानको ठूलो क्षति भएको छ। हामी तत्काल राहत र पुनःस्थापनाका लागि प्रदेश तथा संघ सरकारसँग समन्वय गर्दैछौं।”
यस घटनाले देवानगञ्ज गाउँपालिकाका सयौं किसानको जीविकोपार्जनमा गम्भीर असर परेको  छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana