smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

विराटनगरमा भारतबाट ल्याइएका सयपत्री माला सहित चालक पक्राउ

by स्मार्ट सिटि दैनिक
६ महिना अगाडि
in समाचार
विराटनगरमा भारतबाट ल्याइएका सयपत्री माला सहित चालक पक्राउ

सुनसरी — तिहार पर्वलाई लक्षित गर्दै भारतबाट अवैध रूपमा फूलका माला भित्र्याउने क्रममा प्रहरीले विराटनगर बरगाछीबाट एक पिकअप गाडी नियन्त्रणमा लिएको छ। गाडीमा करिब सात हजार सयपत्रीका माला रहेकाे प्रहरीले जनाएको छ।

सुनसरीको देवाङगञ्ज गाउँपालिका–२ का सतनारायण यादव चालक रहेको को २ च १६३४ नम्बरको पिकअपलाई प्रहरीले नियमित चेकजाँचका क्रममा रोकेर माला बरामद गरेको हो। ती माला भारतमा फर्मालिन प्रयोग गरी प्रशोधन गरिएका थिए। बरामद माला करिब एक लाख २० हजार रुपैयाँ बराबरको रहेको जनाइएको छ।

त्यसैगरी, उक्त गाडीमा ७० केजी बन्डेड तार पनि फेला परेको थियो। प्रहरीका अनुसार चालकले ती सामग्रीको भन्सार बिल वा कानूनी कागजात प्रस्तुत गर्न सकेका थिएनन्।
मोरङ प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, बरामद गाडी र सामानलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।

चुँडालका अनुसार, तिहार नजिकिँदै गर्दा भारततर्फबाट अवैध रूपमा वस्तु भित्र्याउने प्रवृत्ति बढ्दै गएको हुँदा प्रहरीले सीमाक्षेत्रमा निगरानी कडा पारेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana