smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

कटहरीमा महिला द्वारा पुरुषको गोप्य अंग काटिँदा गम्भीर घाइते

by स्मार्ट सिटि दैनिक
६ महिना अगाडि
in समाचार
कटहरीमा महिला द्वारा पुरुषको गोप्य अंग काटिँदा गम्भीर घाइते

 

विराटनगर — मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलमा सोमबार साँझ एक पुरुषमाथि महिला साथीले धारिलो हतियार प्रयोग गरी आक्रमण गर्दा गम्भीर घाइते भएका छन्।

घाइते ३२ वर्षीय कामत थरका पुरुषको लिंग महिलाले काटिदिएको मोरङ प्रहरीले पुष्टि गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार ती पुरुष महिला साथीलाई भेट्न डेरामा पुगेका बेला विवाद भएपछि घटनाको सुरुवात भएको हो

घाइते पुरुषलाई सुरुमा कोशी अस्पताल लगिएको भए पनि अवस्था जटिल भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ। चिकित्सकका अनुसार उनको गोप्य अंगमा गहिरो चोट पुगेको र अहिले आईसीयूमा उपचार भइरहेको छ

प्रहरीका अनुसार महिला कटहरीको आदर्श टोलमा डेरा गरी बस्दै आएकी थिइन्, र ती पुरुष जहदा गाउँपालिका–३ का स्थायी बासिन्दा हुन्। उनी विवाहित छन् र श्रीमती तथा तीन सन्तान भएका व्यक्ति हुन्।

स्थानीय स्रोतका अनुसार ती पुरुष बेलाबखत उक्त महिलालाई भेट्न आउने गर्थे। सोमबारको भेटमा झगडा चर्किएपछि महिलाले दाउ (धारिलो हतियार) प्रयोग गरी पुरुषको लिंगमा प्रहार गरेकी थिइन्।

घटनापछि महिला समेत बेहोस अवस्थामा फेला परेकी थिइन्। उनलाई कोशी अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो। अवस्था सामान्य भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार विवाहेतर सम्बन्धका कारण विवाद चर्किएर घटना भएको देखिन्छ। प्रहरी स्रोतका अनुसार घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान अघि बढाइएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana