smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

रामधुनी नगरपालिका–८ स्थित झुम्का अर्गानिक कृषि फार्म प्रा.लि.मा आएको बाढीले ठूलो क्षति

by स्मार्ट सिटि दैनिक
६ महिना अगाडि
in समाचार
रामधुनी नगरपालिका–८ स्थित झुम्का अर्गानिक कृषि फार्म प्रा.लि.मा आएको बाढीले ठूलो क्षति

सुनसरी  — रामधुनी नगरपालिका–८ स्थित झुम्का अर्गानिक कृषि फार्म प्रा.लि.मा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। शुक्रबारदेखि परेको निरन्तर वर्षासँगै सेहरा खोलामा आएको बाढी फार्ममा पस्दा दुई सयभन्दा बढी बंगुर बगाएर करिब ८० लाख रुपैयाँ बराबरको क्षति पुगेको फार्मका सञ्चालक भरत कार्कीले जानकारी दिनुभयो।

कार्कीका अनुसार फार्ममा ३ सय बंगुर रहेका थिए, तर अहिले जम्मा ६० वटा मात्र बाँकी छन्। बच्चा बंगुरमध्ये ४० वटा पानीमा डुबेर मरेका छन् भने मासु उत्पादनका लागि तयारी अवस्थामा रहेका बंगुर बगाएका छन्। तिहार नजिकिँदै गर्दा बजारमा बिक्रीका लागि तयार पारिएका बंगुर नष्ट हुँदा थप आर्थिक संकट आएको उहाँले बताउनुभयो।

“बाढीको पानी एक्कासी फार्ममा पस्यो, केहीलाई मात्र जोगाउन सक्यौं, बाँकी सबै बगायो,” कार्कीले दुःख व्यक्त गर्नुभयो। उहाँका अनुसार पानीको बहाव अत्यधिक भएकाले ७० माउ बंगुर समेत वाल नाघेर भागेका छन्।

कुखुरा पालन फार्म भने आंशिक रूपमा जोगिएको छ। सन् २०७८ सालमा पनि यस्तै बाढीको मार खेपिसकेका कार्की निरन्तर पशुपालन व्यवसायमा लागिरहेका छन्। उहाँको फार्मबाट उन्नत जातका बाख्रा, बंगुर र कुखुराका चल्ला उत्पादन र बिक्री हुँदै आएको छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana