smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

रामधुनीमा सिटी सफारी चालकको रहस्यमय हत्या, अनुसन्धान तीव्र

by स्मार्ट सिटि दैनिक
६ महिना अगाडि
in समाचार
रामधुनीमा सिटी सफारी चालकको रहस्यमय हत्या, अनुसन्धान तीव्र

सुनसरी — रामधुनी नगरपालिका–२ कर्मनिया टोलमा शनिबार साँझ सिटी सफारी चालक दिनेश चौधरीको हत्या भएको घटनाले स्थानीय क्षेत्र स्तब्ध बनेको छ।

इलाका प्रहरी कार्यालय पकलीका प्रमुख डीएसपी लेखनाथ दाहालका अनुसार शनिबार साँझ करिब ५ बजे चौधरीलाई अज्ञात समूहले निशाना बनाएको प्रारम्भिक अनुमान गरिएको छ। चौधरीले प्र–१–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी चलाइरहेका थिए र नहरको डिल हुँदै उत्तरबाट दक्षिणतर्फ गइरहेका बेला उनीमाथि आक्रमण भएको बताइन्छ।

स्थानीय बासिन्दाहरूका अनुसार मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले गोली हानेको आशंका गरिएको छ, तर प्रहरीले अहिले सम्म गोली प्रहार वा अन्य कारणबाट मृत्यु भएको स्पष्ट प्रमाण फेला नपरेको जनाएको छ। मृतकको छातीमा गहिरो चोट लागेकोले अन्य शारीरिक हिंसाका सम्भावना पनि प्रहरीले नकारेको छैन।

घटनापछि चौधरीको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। प्रारम्भिक रिपोर्टपछि मात्रै हत्या कसरी र किन गरिएको हो भन्ने यकिन हुने प्रहरीले जनाएको छ।

आइतबार बिहानै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबे सहितको टोली घटनास्थल पुगेको छ। एसपी थेबेले घटनालाई अत्यन्त गम्भीर रूपमा लिएर विस्तृत अनुसन्धान सुरु गरिएको जनाएका छन्।

प्रहरीले हालका लागि घटनास्थल वरपरका साक्षीहरूबाट बयान संकलन, सुरक्षा क्यामेरा फुटेज अध्ययन र शंकास्पद व्यक्तिहरूको खोजतलास सुरु गरेको जनाएको छ।

स्थानीयहरूले भने प्रहरीलाई अपराधीहरूलाई छिट्टै पक्रन र समुदायमा सुरक्षाको अनुभूति दिलाउन आग्रह गरेका छन्।

Tags: अनुसन्धान तीव्रचालककोरहस्यमयरामधुनीमासफारीसिटीहत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana