smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

बिर्तामोडमा सिरिन्ज आक्रमण, एक जनाको हत्या

by स्मार्ट सिटि दैनिक
२ महिना अगाडि
in समाचार
बिर्तामोडमा सिरिन्ज आक्रमण, एक जनाको हत्या

सुनसरी-  झापा जिल्लाको बिर्तामोड नगरपालिका–१० सत्रविघे क्षेत्रमा बिहीबार साँझ अज्ञात व्यक्तिबाट भएको सिरिन्ज आक्रमणमा एक जनाको ज्यान गएको छ।

स्थानीय खेम ढकाल छिमेकीको घरबाट आफ्नै निवासतर्फ फर्कँदै गर्दा बाटोमै आक्रमणमा परेका थिए। सिरिन्जमार्फत गरिएको आक्रमणपछि गम्भीर घाइते भएका ढकाललाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनापछि प्रहरीले आक्रमणमा संलग्न भएको आशङ्कामा सिरहा जिल्लाका २६ वर्षीय दीपेशकुमार सिंहलाई नियन्त्रणमा लिएको छ। प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सिंहमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

हालसम्म सिरिन्जमा प्रयोग गरिएको पदार्थ के हो भन्नेबारे खुल्न सकेको छैन। प्रहरीले घटनाको कारण, आक्रमणको उद्देश्य तथा अन्य सम्भावित संलग्न व्यक्तिबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Tags: बिर्तामोडसिरिन्जहत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana