smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

पुर्चौडी बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाको समवेदना

by स्मार्ट सिटि दैनिक
२ महिना अगाडि
in समाचार
पुर्चौडी बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाको समवेदना

सुनसरी-   बैतडीको पुर्चौडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटनामा परी १३ जनाको ज्यान जानु देशका लागि गहिरो पीडाको विषय बनेको छ। यो दुःखद घटनाले सिंगो समुदाय शोकमा डुबेको बेला नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गरेका छन्।

आज जारी शोक विज्ञप्तिमार्फत सभापति थापाले दुर्घटनाको खबरले आफूलाई अत्यन्त मर्माहत बनाएको उल्लेख गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्। साथै, उनले दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र व्यक्तिगत रूपमा गहिरो समवेदना प्रकट गरेका छन्।

थापाले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ गइरहेको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते पाँच जनाले डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका थिए।

दुर्घटनामा परेर घाइते भएका ३४ जनाको डडेल्धुरा, धनगढी र बझाङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खुशीयाली बोकेर यात्रा थालेको जन्तीको बस एकाएक शोकको यात्रामा परिणत हुँदा सिंगो क्षेत्र स्तब्ध बनेको छ।

 

Tags: थापापुर्चौडीबससमवेदना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana