smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

निर्वाचनका लागि अर्थ मन्त्रालयद्वारा १९ अर्ब १५ करोड स्रोत सहमति, ६ अर्ब ३६ करोड निकासा

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in समाचार
निर्वाचनका लागि अर्थ मन्त्रालयद्वारा १९ अर्ब १५ करोड स्रोत सहमति, ६ अर्ब ३६ करोड निकासा

सुनसरी — आगामी २१ फागुनमा निर्धारित निर्वाचनका लागि अर्थ मन्त्रालयले कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ । मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार यसमध्ये हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको छ ।

निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोगलाई सबैभन्दा बढी बजेट उपलब्ध गराइएको छ । अर्थ मन्त्रालयले १८ कात्तिकमा आयोगका लागि ४ अर्ब ९६ करोड रुपैयाँ स्रोत सहमति दिएको थियो भने २० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार रुपैयाँ स्वीकृत गरेको छ । यससँगै आयोगले प्राप्त गरेको कुल स्रोत सहमति ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

निर्वाचन आयोगलाई १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ बराबरको पहिलो निकासा दिइएको थियो । आयोगको विवरणअनुसार हालसम्म आयोगका लागि मात्र ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको छ ।

निर्वाचन सुरक्षालाई लक्षित गरी विभिन्न सुरक्षा निकायका लागि पनि ठूलो रकम स्रोत सहमति दिइएको छ । राष्ट्रिय अनुसन्धान विभागका लागि १३ कात्तिकमा २ करोड ८० लाख रुपैयाँ स्रोत सहमति प्रदान गरिएको थियो ।

नेपाली सेनालाई उपकरण खरिद प्रयोजनका लागि २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार रुपैयाँ स्वीकृत गरिएको छ भने २० पुसमा थप १ अर्ब ९४ करोड रुपैयाँ बराबरको स्रोत सहमति दिइएको छ ।

यसैगरी गृह मन्त्रालय र मातहतका निकायहरूका लागि निर्वाचन प्रयोजनमा १० अर्ब ३९ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निर्वाचनलाई सुरक्षित, व्यवस्थित र समयमै सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।

 

Tags: अर्थ मन्त्रालयनिर्वाचनस्रोत सहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana