smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि फागुन २१ को निर्वाचन ‘गोप्य जनगणना’

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in समाचार
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि फागुन २१ को निर्वाचन ‘गोप्य जनगणना’

सुनसरी— फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले आफ्नो वास्तविक उपस्थिति देखाउने ऐतिहासिक अवसरका रूपमा लिएका छन्। औपचारिक जनगणनामा अझै स्पष्ट रूपमा समेटिन नसकेको समुदायले यस निर्वाचनलाई ‘गोप्य जनगणना’ जस्तै मानेको छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारकर्मी तथा संविधानसभा सदस्य सुनिल बाबु पन्तले अब शक्ति देखाउने समय आएको बताएका छन्। २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भई संसद् पुगेका पन्तपछि फेरि यस्तै समुदायको प्रतिनिधित्व संसद् पुर्‍याउने अभियानमा उनी सक्रिय देखिएका छन्। तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु (चञ्चला) नेतृत्वको समावेशी समाजवादी पार्टीको चुनावी अभियानमा पन्तको प्रत्यक्ष साथ, नैतिक समर्थन र सहयोग रहेको छ।

पन्तले राजनीतिक आग्रह–पूर्वाग्रह एकातिर राखेर गोप्य मतदानमार्फत समावेशी समाजवादी पार्टीलाई भोट दिन समुदायसँग अपिल गरे। “हामी कति छौँ भन्ने आधिकारिक तथ्यांक छैन। तर कति भोट खस्यो भन्नेबाट हाम्रो उपस्थिति देखिन्छ,” उनले भने। अझै खुलेर आउन नसकेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई ढुक्क भएर मतदान गर्न उनले आग्रह गरे।

समावेशी समाजवादी पार्टीकी अध्यक्ष तथा मोरङ–४ की प्रत्यक्ष उम्मेदवार नुमा लिम्बु चञ्चलाले नयाँ र पुराना सबै राजनीतिक दलका शीर्ष नेतासँग समर्थनका लागि अपिल गरेकी छन्। एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनदेखि गगन थापासम्मलाई भेटेर प्रस्ताव राखिएको उनको भनाइ छ।

रुपन्देही–२ का प्रत्यक्ष उम्मेदवार देवेन्द्रबहादुर खत्री ‘मधु’ले शासक वर्गले सीमान्तकृत समुदायलाई भोट र करका लागि मात्र प्रयोग गरेको आरोप लगाए। उनले आफ्ना मुद्दा आफैँ संसद् पुर्‍याउन नसके भविष्य झन् जोखिममा पर्ने चेतावनी दिए।

समावेशी समाजवादी पार्टीले काठमाडौँ, ओखलढुंगा, काभ्रे लगायत विभिन्न जिल्लाबाट उम्मेदवार उठाएको छ भने समानुपातिकतर्फ १५ जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको जनाएको छ।

 

Tags: अल्पसङ्ख्यजनगणनालैङ्गिक तथा यौनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana