smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

मोरङमा फेरि नक्कली नोटको कारोबार, रेडबुल खरिदबाट खुल्यो गिरोहको रहस्य

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in समाचार
मोरङमा फेरि नक्कली नोटको कारोबार, रेडबुल खरिदबाट खुल्यो गिरोहको रहस्य

सुनसरी-   मोरङको रंगेली नगरपालिका–२ बेतौनामा सामान्य देखिने एउटा किनमेलले ठूलो नक्कली नोट कारोबारको पर्दाफास गरिदिएको छ। ४५ वर्षीय सहमद हुसेनले नजिकै रहेको डिस्टिलरी पसलबाट रेडबुल खरिद गर्न एक हजारको नोट दिएपछि घटना बाहिर आएको हो।

माघ १३ गते साँझ करिब ८ बजे हुसेनले नविन पुरीले सञ्चालन गरेको पसलमा रेडबुल किनेका थिए। त्यसपछि उनी उज्जल ढकालको किराना पसल पुगेर उधारो रकम तिर्दा फेरि अर्को हजारको नोट प्रयोग गरे। दुवै पसलेलाई हेर्दा उस्तै देखिए पनि कागजजस्तो लाग्ने नोटप्रति शंका जाग्यो। शंका प्रहरीसम्म पुगेपछि हुसेन नियन्त्रणमा परे।

प्रारम्भिक अनुसन्धानका क्रममा हुसेनले चलाउँदै आएको प्रदेश १–०१–००४ ह ०६३७ नम्बरको सिटी सफारीबाट थप नक्कली नोट फेला परे। चालक सिट नजिकैको डिकीबाट पाँच थान नक्कली हजारका नोट बरामद गरिएको मोरङ प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए।

सोधपुछकै क्रममा अर्को पाटो खुल्दै गयो। हुसेनको बयानका आधारमा प्रहरीले रंगेली–२ कमलझोडामा बस्दै आएका ४३ वर्षीय महेन्द्र मेहताको घरमा छापा मार्‍यो। घर खानतलासी गर्दा थप नक्कली नोट बरामद भएपछि दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान अगाडि बढाएको छ। प्रहरीले हुसेन र मेहताको घरबाट जम्मा ९ हजार रुपैयाँ बराबरका नक्कली नेपाली नोट बरामद गरेको जनाएको छ।

यसअघि गत पुस महिनामा काठमाडौँमा जुत्ता खरिद गर्ने क्रममा नक्कली नोट प्रयोग भएको घटनाले ठूलो गिरोहसम्म प्रहरी पुगेको थियो। उक्त घटनामा नेपाल–भारत सीमा क्षेत्रमा कारखाना सञ्चालन गरी नक्कली नोट छाप्ने मुख्य योजनाकारको रूपमा भोजपुरी गायक समेत रहेका बाराको फेटा गाउँपालिका–३ का २८ वर्षीय रविकुमार श्रीवास्तव पक्राउ परेका थिए। भारतीय प्रहरीको सहयोगमा बिहारको मोतिहारीस्थित लाला टोल पनौनाबाट उनलाई पक्राउ गरी काठमाडौँ ल्याइएको थियो।

प्रहरीका अनुसार श्रीवास्तवको कारखानाबाट ५ गड्डीमा भारतीय ५०० दरका ३१७ थान नक्कली नोट, छाप्न तयारी अवस्थामा रहेका नेपाली हजारका नोट र छाप्ने मेसिनसमेत बरामद गरिएको थियो। उनले करिब ९ लाख रुपैयाँ बराबरका नक्कली नेपाली नोट बजारमा पठाइसकेको स्वीकार गरिसकेका छन्।

श्रीवास्तवसहितको गिरोह पक्राउ परे पनि बजारमा अझै नक्कली नोट भेटिनु चिन्ताको विषय बनेको छ। भारतसँग सीमा जोडिएको मोरङ क्षेत्रमा पछिल्लो समय नक्कली नोटको गतिविधि बढ्दै गएको प्रहरीको भनाइ छ। निर्वाचन नजिकिँदा पैसाको कारोबार बढ्ने भएकाले यसलाई मौका ठानी नक्कली नोट घुसाउने पुरानै शैली दोहोरिने गरेको विश्लेषण गरिएको छ।

नेपाल प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्म करिब ४ लाख रुपैयाँ बराबरका नक्कली नेपाली नोट बरामद भएका छन्। कोशी प्रदेशमा मात्रै पछिल्लो ६ महिनामा नक्कली नोटसम्बन्धी २ मुद्दा दर्ता हुँदा ४ जना पक्राउ परेका छन्। सो क्रममा ३८ हजार रुपैयाँ बराबरका नक्कली नेपाली नोट र ३६ हजार ५०० रुपैयाँ बराबरका नक्कली भारतीय मुद्रा बरामद गरिएको छ।

प्रहरीले नक्कली नोटको सञ्जाल अझै सक्रिय हुन सक्ने भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

 

Tags: नक्कलीनोटमोरङरहस्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana