सुनसरी— मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोशी प्रदेश अन्तर्गत सञ्चालन हुने स्विस सरकार विकास सहयोग कार्यक्रम को निर्देशक समितिको बैठक सम्पन्न भएको छ। बैठकमा हालसम्मको प्रगति समीक्षा र आगामी दिनमा अघि बढाउन सकिने कार्यक्रमहरूमा छलफल भएको छ।
बैठकमा कार्यक्रमअन्तर्गत करिब ८ करोड रुपैयाँ बराबरका कम्प्युटर, प्रिन्टर लगायतका सामग्री स्थानीय तहहरूलाई हस्तान्तरण गरिएको जानकारी दिइयो। यसले जनजी आन्दोलनपछि प्रभावित वडा कार्यालयहरूमा सेवा सञ्चालनमा सहयोग पुगेको समितिले जनाएको छ।
कार्यक्रमले संघीयता कार्यान्वयन र सुशासन प्रवर्द्धनमा समेत सहयोग पुर्याउँदै आएको छ। प्रदेशमा कानुन निर्माण प्रक्रियामा समेत यसले महत्वपूर्ण भूमिका खेलेको उल्लेख बैठकमा गरिएको थियो।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र असल अभ्यासलाई जोड दिँदै काम गर्नुपर्ने बताए। उनले स्विस सरकारको सहयोगमा सञ्चालन भइरहेको कार्यक्रमलाई छिटो र छरितो ढंगले टुंग्याउनुपर्नेमा जोड दिए।
