smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

झापामा घट्नुपर्ने कुष्ठरोग उल्टै बढ्दो, ६ महिनामै ५५ नयाँ बिरामी

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in समाचार
झापामा घट्नुपर्ने कुष्ठरोग उल्टै बढ्दो, ६ महिनामै ५५ नयाँ बिरामी

सुनसरी-  कुष्ठरोग उन्मूलनको लक्ष्यतर्फ अघि बढिरहेको दाबी गरिँदै आए पनि झापामा भने वास्तविकता चिन्ताजनक देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामै जिल्लामा ५५ जना नयाँ कुष्ठरोगी पहिचान भएपछि रोग नियन्त्रणभन्दा बाहिर जान थालेको संकेत देखिएको हो।

स्वास्थ्य कार्यालय झापाका अनुसार पुस मसान्तसम्म फेला परेका नयाँ बिरामीमध्ये एक जना बालबालिका पनि छन्। यसले समुदायमा रोगको जोखिम अझै कायमै रहेको स्पष्ट गर्छ।

जिल्लाका १५ पालिकामध्ये दमक नगरपालिका र कचनकवल गाउँपालिका सबैभन्दा बढी प्रभावित देखिएका छन्। यी दुई पालिकामा मात्र १२/१२ जना नयाँ बिरामी फेला परेका छन्। त्यसैगरी शिवसताक्षी, बाह्रदशी र बिर्तामोडमा पाँच–पाँच जना, भद्रपुरमा चार जना, मेचीनगरमा तीन जना तथा बुद्धशान्ति, गौरादह र गौरीगञ्जमा दुई–दुई जना नयाँ कुष्ठरोगी पहिचान भएका छन्।

हाल फेला परेका ५५ मध्ये ५३ जनाले नियमित रूपमा औषधि सेवन गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

पछिल्ला पाँच वर्षको तथ्याङ्क हेर्दा झापामा कुष्ठरोगको अवस्था झन् गम्भीर बन्दै गएको देखिन्छ। आर्थिक वर्ष २०७७/७८ मा ९५ जना मात्र रहेका बिरामीको संख्या २०८०/८१ सम्म आइपुग्दा १४७ पुगेको छ। सङ्क्रमण दर पनि १.०२ प्रतिशतबाट बढेर १.४७ प्रतिशत पुगेको छ, जुन स्वास्थ्य विज्ञहरूका अनुसार चिन्ताको विषय हो।

नेपालमा हरेक वर्ष करिब २ हजार ५ सय नयाँ कुष्ठरोगी थपिने गरेका छन्। चिकित्सकहरू भन्छन्— समयमै रोग पहिचान भएमा बहु–औषधि उपचार विधिबाट ६ देखि १२ महिनाभित्र कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ।

तर समस्या रोगभन्दा पनि सोचमा देखिन्छ। अझै पनि कुष्ठरोगलाई सामाजिक कलङ्कका रूपमा हेर्ने प्रवृत्तिका कारण धेरै बिरामी उपचारको साटो रोग लुकाएर बस्न बाध्य छन्। यही डर र सामाजिक अवहेलनाले रोग फैलिन थप मद्दत गरिरहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

विशेषज्ञहरू कुष्ठरोग नियन्त्रणका लागि उपचारसँगै सामाजिक चेतना, भेदभावविरुद्धको अभियान र समुदायस्तरको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिन्छन्।

 

Tags: कुष्ठरोगझापाबढ्दो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana